News Portal

रेडियो सुन्नुहोस्

नीति भन्दा नेता केन्द्रित कांग्रेस महाधिवेसन

ज्ञामुराम न्यौपाने२०७८ भाद्र २९
९२४ पटक
२०७८ भाद्र २९

स्थापनाको हिसाबले नेपाली कांग्रेस नेपाली राजनीतिमा सवै भन्दा जेठो पार्टी हो । नेपाली कांग्रेस यतिबेला पार्टिको चौधौं महाअधिबेसनको प्रकृयामा अगाडि बढिरहेको छ । वार्ड, गाँउ/नगरपालिका, निर्वाचन क्षेत्र अधिवेशन हुँदै यही मंसिर ९ गते देखि १४ गते सम्म काठमाण्डौमा पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समय सूची सार्बजनिक भएको छ ।

देशभरका प्रायजसो वार्डहरुको अधिवेशन सम्पन्न भईसकेको बताइएकोछ । पार्टिको बिभिन्न स्तरको नेतृत्व गर्न चाहनेहरूको बीचमा खुल्ला प्रतिस्पर्धा/मतदान समेत भयका समाचारहरु आइरहेका छन् । सरकारको सही सञ्चालन भन्दा पार्टी महाधिवेसन कांग्रेसीजनको प्राथमिकतामा परेको छ। सधै पदको हानथापमा मात्र केन्द्रित हुने कांग्रेस महाधिवेसन यसपटक पनि पुरानै शैलीमा अगाडी बढीरहेको संकेत पाइन्छ ।

कांग्रेसले नीति, विधि र व्यवस्थाको वारेमा होइन खाली नेता छनौटको लागि मात्र महाधिबेसनको आयोजना गरेको जस्तो प्रतित भैरहेको छ । देशको समस्या र वैचारिक स्पष्टता तर्फ छलफल नै छैन । महाधिबेसनकोलागि पार्टिले कुनै दस्तावेज नै प्रकाशन गरेको पाइएको छैन । यो भन्दा ठूलो बिचार बिहिनता के हुन सक्छ ? आम कार्यकर्तामा वैचारिक स्कुलिङ कसरि माथी उठाउने भन्ने विषय नै महाधिबेसको एजेण्डामा परेन । देशमा निम्न स्तरको राजनीति हुनुमा मौजूदा पार्टीहरूको कार्यसैली पनि उत्तिकै जिम्मेवार छ ।

कांग्रेसका केन्द्रीय स्तरका नेताहरुको पनि नेतै पिच्छेको धारणा फरक फरक हुने गर्छ । जस्तै धर्म निरपेक्षता, समृद्धि र समाजबादको परिभाषा । भारत चिन अमेरिकालाई हेर्ने दृष्टिकोण । राजतन्त्र र धर्मसापेक्ष देशको वकालत गर्ने नेताहरु पनि कांग्रेसको महत्त्वपूणर् जिम्मेवारीमा आबद्ध छन् । त्यहाँ कुनै वैचारिक अनुशासन आकर्षित हुँदैन । प्रदीप गिरी र स्व.खुम बाहदुर खड्काको पुर्ब र पस्चीम फर्केको राजनीति संगसँगै हिँड्न सक्छ । समग्र देशको अबस्था सुधारकोलागि आम पार्टी कार्यकर्ता दीक्षित हुनू आवश्यक रहन्छ ।

त्यसको लागि अध्ययन सामाग्रीको निरन्तर प्रकाशन र त्यसबारे निरन्तर बहस आवश्यक हुन्छ। अझ महाधिवेसन त पार्टी जीवनमा बिशेष अवस्थाको द्योतक नै मानिन्छ। कुनैपनि पार्टीकोलागि महाअधिवेशन सर्वोपरि संस्था हो । महाधिवेशन मार्फत पार्टीले अपनाउनु पर्ने समग्र क्षेत्रको लागि सैद्धान्तिक र व्यावहारिक नीति निर्माण गर्नु पर्दछ । पार्टी र देशलाई कुन बाटोबाट कसरी अगाडी बढाउने भन्ने कुरा महाधिवेशन मार्फत स्पष्ट मार्गचित्र खिच्नु पनि हो। पार्टी महाधिवेसनमा छुटाउन नहुने केही विषयहरु पनि हुन्छन।

जस्तैः
१- नेतै पिच्छे फरक परीभाषा नभयर पार्टिको आम कार्यदिशाको निर्धारण,
२-देशको विद्यमान अबस्था र मूलभूत समस्याहरूको पहिचान,
३-सरकारले अपनाई रहेको राजनैतिक बाटो र त्यस माथिको विमर्श,
४- राजनैतिक शक्तिहरुको विश्लेषण
५-अन्तराष्ट्रिय स्थिति तथा विश्व परिवेश र त्यसले नेपालमा पारेको / पार्न सक्ने प्रभाव
६- वर्तमान सन्दर्भमा समाजबादको परिभाषा र त्यसको कार्यान्वयनको मार्गचित्र।
७- मौजुदा राज्यसत्ताको स्वरूप त्यसमा देखापरेका समस्या र समाधानको विकल्प,
८- देश विकाशको तत्कालिन र दीर्घकालिन योजना।
९- देशको आर्थिक दुरावस्था, परनिर्भर अर्थतन्त्र, भ्रष्टाचार, विकराल व्यापार घाटा र त्यसको समाधान।
१०- भारत, चिन र अमेरिकी साम्राज्यवादी नीति र त्यसले नेपालमा पारेको प्रभाब।
११- सिमा अतिक्रमण तथा जनसांख्यिक अतिक्रमणको स्थिति र राष्ट्रियताको रक्षाको प्रश्न ।
१२- विश्व विकासको परिप्रेक्ष्यमा देश र जनताले भोग्नु परिरहेका तत्कालिन र दीर्घकालिन समस्या।
१३-विश्व परिवेश ,अन्तराष्ट्रिय विषय र हाम्रो सरोकारका विषयहरूको विवेचना।
१४- पार्टी भित्रको मत भिन्नता/ फरक बिचारहरुको छलफल
१५-पार्टी अनुसासन सम्बन्धी विषय
१६-संगठनात्मक व्यवस्थापन
१७- पार्टीले अंङ्गिकार गरेको विचार र त्यसको कार्यान्वयनको लागि नेतृत्वको छनौट । आदी

पार्टी महाधिवेसनको सफल कार्यान्वयनको लागि पहिला बिचार श्रृङ्खलाको निर्धारण र त्यसपछि मात्र निर्धारित बिचार अनुरूपको नेतृत्व छनौट नै बढी बैज्ञानिक हुन सक्छ । स्थापित मान्यता नै छ ‘जसको नीति उसैको नेतृत्व’ पार्टी बढी पुरानो भएर मात्र पुग्दैन त्यत्तिकै आधुनिकताले सु-सज्जित पनि हुनुपर्दछ । (लेखक ज्ञामुराम न्यौपाने नेकपा (मसाल) प्यूठानका प्रवक्ता हुन् ।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानीमा थपिए तरकारी खेतीका १ सय नयाँ टनेल

मल्लरानी गाउँपालिका वडा नं. ५ सरङ्गकोटका मुकुन्द मल्ल तीन वर्षअघि बैदेशिक रोजगारीबाट फर्किए । गाउँमा...

ईजरायलबाट फर्किएर पूर्वश्रीमतिको हत्या

ईजरायलबाट फर्किएका एक युवकले आफु बैदेशिक रोजगारीमा रहेको बेला दोश्रो विवाह गरेकी पूर्वश्रीमतिको हत्या गरेका...

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...