News Portal

रेडियो सुन्नुहोस्

विगत १५ वर्षदेखि मोटरसाइकल मर्मत गर्ने दम्पत्ति

झुलेनी नेटवर्क २०७८ असोज १ गते काठमाडौं
८५४ पटक
२०७८ असोज १ गते काठमाडौं

श्रीमान–श्रीमती दुबै जना मिस्त्री काम गर्छन् । ललितपुरको पुल्चोकमा उनीहरूको आफ्नै मोटरसाइकल वर्कसप छ । नारायण पुरी र मालती पुरी श्रीमान–श्रीमती हुन् ।

मालतीलाई मिस्त्री काम उनकै नारायणले सिकाएका हुन् । श्रीमानलाई पनि सहयोग हुने बुझेर आफूले पनि मिस्त्री काम सिकेको मालती बताउँछिन्।

पछिल्लो १५ वर्षदेखि यो जोडी सँगसँगै मिस्त्री काम गर्दै आएका छन् । अहिले भने मालती पनि नारायण जतिकै मिस्त्री काममा पोख्त छिन्।
श्रीमतीले पनि मिस्त्री काम सुरू गरेपछि आर्थिक रूपमा समेत सहज भएको बताउँदै नारायणले दुबैको कमाइबाट पुल्चोकस्थित नःटोलमा घर बनाएको बताए।

श्रीमान–श्रीमती नै यो पेशामा आवद्ध भएको देखेर धेरैले हौसला दिने गरेको उनीहरू बताउँछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...