News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै

न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम छैनन्

सुजता थापा क्षेत्री२०७८ असाेज ५, प्यूठान
१२०८ पटक
२०७८ असाेज ५, प्यूठान

प्यूठानमा आत्महत्याको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा १ सय १० ले आत्महत्या गरेका छन् ।

आ.व. २०७६/०७७ मा ६३ जनाले आत्महत्या गरेका थिए । तुलनात्मक हिसाबले २०७६/०७७ भन्दा २०७७/०७८ आत्महत्या गर्नेको संख्या अत्याधिक बढी हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी शुनिल मल्लका अनुसार झुन्डिएर प्यूठानमा आत्महत्याको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा १ सय १० ले आत्महत्या गरेका छन्। आ.व. २०७६/०७७ मा ६३ जनाले आत्महत्या गरेका थिए ।
पारिवारिक कलह, गरिबी, प्रेममा असफल, दिर्घरोगी, आवेशमा आई लगायतमा कारणले आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

तुलनात्मक हिसाबले २०७६/०७७ भन्दा २०७७/०७८ आत्महत्या गर्नेको संख्या अत्याधिक बढी हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी शुनिल मल्लका अनुसार झुन्डिएर आत्महत्या गर्नेको संख्या बढि छ । आ.व.२०७७/०७८मा झुन्डिएर ९३ जनाले आत्महत्या गरेका छन्। यस मध्य पुरुष ४६, महिला ३५ जना छन्। बालिका ९ र बालक ३ जना छन्। यसैगरी विष सेवन गरि महिला १० जना र पुरुष ५ जनले आत्महत्या गरेका छन्। हामफाली २ जना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

चालु आ.वको श्रावण महिनामा मात्रै ९ जनाले आत्महत्या गरेका छन्। उमेरहद अनुसार आत्महत्या गर्ने १६ वर्ष देखि ६० वर्षसम्मका रहेको डि.एस.पि. मल्लले बताए ।

पारिवारिक कलह, गरिबी, प्रेममा असफल, दिर्घरोगी, ‘आफुलाई मार्ने करा सामान्य होइन, आत्यहत्या न्यूनीकरणका लागि सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुकी मनोविमर्षकर्ता शान्ती पण्डितले भनिन्‘ यसको न्यूनिकरणको सबै सरोकारवालाहरुले ध्यान दिनु पर्दछ ।’

भावनात्मक रुपमा सहयोग गर्ने र उसका भावनालाई सहि गलतका नछुटई सुनिदिने गर्दा आत्महत्यका घटनामा कमि आउने पण्डितको भनाइ छ ।
कुनै व्यक्तीको स्वास्थ्य समस्यालाई सामान्य रुपमा लिने हुँदा मानसिक स्वास्थ्य समस्या बढ्दै जाने र पछि आत्महत्या गर्ने अवस्था आउने उनले बताइन् । आत्यहत्या न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रमहरु नभएका कारण घटना बढ्दै गएको उनले बताइन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...