News Portal

रेडियो सुन्नुहोस्

शहिदमार्ग जिर्ण बन्नुमा रोल्पाका बिचौलिया प्रमुख दोषी

ठेकेदारलाई कसले बेच्यो सामुदायिक बनको कच्चापदार्थ?

नन्दराम खड्का२०७८ कार्तिक १२, रोल्पा
९४५ पटक
२०७८ कार्तिक १२, रोल्पा

आर्थिक बर्ष २०७४/०७५ मा घोराही होलेरी शहिदमार्ग कालोपत्रे गर्न संघिय सरकारले ४६ करोड बजेट बिनियोजन गर्यो । दाङको बाह्रकुने दह देखि रोल्पाको चौखे खोलासम्म करिब २९ किलोमीटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको शिल प्यासिफिक जे.वी. निर्माण कम्पनीले कालोपत्रेको काम अगाडि बढायो । तर बिडम्बना कालोपत्रे गरेको सडक डेढ बर्ष नपुग्दै उजाडबिजाड बन्न पुग्यो ।

यसले राज्यको ठूलो मात्राको ढुकुटी स्वाहा भयो भने अर्कोतिर यहीँ सडक भएर यात्रा गर्ने लुम्बिनी प्रदेशको अधिकांश पहाडी जिल्लाका यात्रुहरुले भगवान भरोसा यात्रा गर्नुपर्ने बाध्यता,जोखिम र पिडाको सृजना भयो । सोनापुर सिमेन्ट कारखाना र सम्राट सिमेन्ट कारखाना दाङका टिप्परहरु यही सडक भएर चुन ढुंगा बोकेर गुड्ने भएकाले सडक छिट्टै जिर्ण बन्नुमा यो पनि एउटा कारण त रह्यो नै तर मुख्य कारण भने सडकको गुणस्तरतालाई मान्न सकिन्छ । वर्षौँ अघि कालोपत्रे गरिएको घोराही लमही सडक खण्ड र घोराही दुध्रास सडक खण्ड भएरपनि यिनै कारखानाका टिप्परहरु गुड्ने गर्दछ्न् । तर त्यस क्षेत्रका सडकमा खासै असर परेको देखिदैन । यसरी तुलना गरेर पनि जो कसैले सोझै भन्न सक्छ कि कामको गुणस्तरता छैन भनेर, निर्माण व्यावसायिले कुनै पनि कामको जिम्मा ल्याइसकेपछि काम अगाडि बढाउन सरकारी नियम र मापदण्ड अनुसारको कच्चापदार्थ बिछ्याउनु पर्ने हो ।

दह देखि बगालेसम्म निर्माण कम्पनीले क्रसर उद्योगबाट कच्चापदार्थ खरिद गरेर बिछ्यायो । त्यस बिचको सडकमा अहिलेसम्म पनि कालोपत्रे खास्सै उप्किएको छैन।पुरै सडक क्रसरकै कच्चापदार्थ प्रयोग गर्ने ठेकेदार कम्पनीको पैसो बचाउँन त्यही बेला रोल्पाका बिचौलिया ठुलो मद्दत गरे।खासगरि स्थानिय सरकार र राजनैतिक दलहरू जनताप्रती जिम्मेवारी भएको भए बिचबिचमा कामको निरीक्षण, नियमन तथा अनुगमन गर्नु पर्दथ्यो । तर रोल्पाका रुन्टीगढी गाउँपालिका केही पदाधिकारी तथा केही प्रमुख दलका स्थानिय नेताहरुले नै भारत देखिने सामुदायिक बनको सम्पतीमा रहेको कच्चापदार्थ ठेकेदार कम्पनीलाई दिए।पैसो बचाउ गरेर जनता र सरकार ठग्न पल्केको निर्माण कम्पनीले प्राबिधिक परिक्षण नगरी दाङको बगाले देखि रोल्पाको चौखेसम्मको सडकमा त्यहीको कच्चा पदार्थ बिछ्याएर सडक कालोपत्रे गर्यो।त्यसकै फल स्वरुप कालोपत्रे गरिएको कालोपत्रे सडक डेढ बर्ढमै उजाडबिजाड बनेको होलेरीका स्थानियहरुको गुनासो रहेको छ।त्यही कच्चापदार्थ ठेकेदार कम्पनीले क्रसर उद्योगबाट खरिद गर्नु करोडौं रकम खर्चिनु पर्दथ्यो।तत्कालीन समयमा ठेकेदार कम्पनीको पैसा बचाउन मिलिमलत्वमा सामुदायिक बन उजाडबिजाड मरुभूमि बनाएर स्थानिय सरकारका केहि चनाखा पदाधिकारीहरु र प्रमुख राजनैतिक दलका नेताहरुले बिक्रि गरेको हुनसक्ने स्थानिय सर्वसाधारणहरुको आशंका रहेको छ ।

नेकपा माओवादी केन्द्रका नेता गोबिन्द पुन नजरको घरदेखि केहि मिटरमात्र दुरीमा रहेको सामुदायिक बनको सम्पत्ति बिना प्रक्रिया सयौं हेक्टर क्षेत्रफल दोहोन गरिएको छ।कच्चापदार्थ पदार्थ निकालेको स्थानमा सामुदायिक बनको भवन बनाईदिने सहमति अनुसार सर्वदलीय निर्णय गरेर कच्चापदार्थ उत्खनन गर्न दिएको र पछि ठेकेदार कम्पनीले सहमति कार्यान्वयन नगरेर आफुहरुलाई धोका दिएको नेता पुनको भनाई रहेको छ । जिम्मेवार ब्यक्तिहरुकै ब्यक्तिगत स्वार्थका लागि सामुदायिक बनको सम्पत्ति प्रक्रिया बिनानै उत्खनन गरि मरुभूमि बनाइएको छ।अर्कोतिर प्राबिधिक परिक्षण बिना त्यही सामुदायिक बनकै कच्चापदार्थ प्रयोग गर्दा सरकारको ४६ करोड ढुकुटी स्वाहा भएको छ । कालोपत्रे सडकमा शुरक्षित र आरामदायी नागरिकले जोखिमपुर्ण यात्रा गर्न पुनः बाध्य भएका छन् । सामुदायिक बनको सम्पत्ति दोहोन गरेर जनता र सरकारलाई दुःख दिने संगठित बिचौलियाहरुसङ्ग अब जनताले हिसाब चुकाउन आवश्यक रहेको कतिपय जानकारहरु बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...