News Portal

रेडियो सुन्नुहोस्

प्रहरी चेकपोष्ट अगाडि कै बिग्रियो सूचना बोर्ड, महिनौँसम्म सराेकारवाला मौन

 नन्दराम खड्का२०७८ कार्तिक १४, रोल्पा
८४० पटक
२०७८ कार्तिक १४, रोल्पा

रोल्पा जिल्लाकै एक ऐतिहासिक एबं पर्यटकि स्थल होलेरी बजारमा स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले बजारलाई स्मार्ट बनाउन विभिन्न योजना अगाडि बढाए अनुसार गत बर्ष विभिन्न ठाउँमा विद्युतिय सूचना बोर्ड र सडक बत्ती जडान कार्य सम्पन्न गर्यो। जस अन्तर्गत ईलाका प्रहरी कार्यलय होलेरीको चेकपोष्ट अगाडि नागरिकलाई विभिन्न जानकारीमुलुक डिजिटल सूचना बोर्ड र रातको समयमा उज्यालो दिन सोलार सिस्टमको सडक बत्ति जडान गर्यो। सूचना बोर्ड र सडक बत्ति जडान गरेको महिना दिन नबित्दै पालैपालो बिग्रन थाले।

शुरुशुरुमा बिग्रदा मर्मत गर्न स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले चासो देखाएपनि पछिल्लो समय यी दुईटै चिज बिग्रेको लामो समय हुँदा समेत दिनभर आफुहरुलाई हेरेर बस्ने सूचना बोर्ड र सडक बत्तिलाई प्रहरी देखि स्थानिय सरकारसम्मले नदेखे झैँ गरि मौन बसेका छन्। गाउँगाउँमा सर्वसाधारण जनताले भोगेर बसेका समस्या, बाध्यता र पीडाका सामु यी बिषय सामान्य नै होलान् तर स्थानिय सरकारको लगानी र आम सर्वसाधारणले पाउँनुपर्ने जानकारीमुलक सुचाना र रातमा काम विशेषले बजार हिँडडुल गर्ने स्थानिय र यात्रुका लागि प्रदान गरिएको उज्यालोको अधिकारबाट जिम्मेवार निकायले नै बन्चित गर्नु उचित मानिदैन।

एकातिर यस बिषयले स्थानिय सरकारले केही जडान गर्न दिएको ठेदार र उनिहरुको नियतिको बारेमा होलेरीका सर्वसाधारणप्रति आशंका गर्न मिल्ने ठाउँ प्रशस्त छोडेको छ। भने अर्कोतिर कुनै पनि काम गर्नुको पछाडि त्यस कामको उद्देश्यहरु राखिएको हुन्छ जुन पूरा हुन सकेको छैन। जडान गरिएको केही समयसम्म उक्त सूचना बोर्डमा ट्राफिक नियम पालना गरौँ जस्ता प्रहरीको महत्वपूर्ण जानकारी तथा निर्देशनहरु देख्न पाइन्थ्यो तर अहिले `न रह्यो बास न बज्यो बासुरी´भने जस्तै भएको छ।

पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा प्रहरी निरीक्षक जिबराज थापा कार्यरत छन् तर उनले पनि नागरिकलाई प्रहरीकै नियमबारे जानकारी दिएर आफुहरुलाई नियम कार्यान्वयनमा सहज बनाउने सूचना बोर्ड र आफ्नै चेकपोष्ट अगाडी डिउटीमा खटिने प्रहरीलाई रातभर उज्यालो दिने उपकरणहरु मर्मत गर्न पहल गरेको भए आजसम्म बनिसक्नु पर्ने हो भन्ने सर्वसाधारणको बुझाई रहेको छ। सूचना बोर्ड निर्माण गर्न आफुले पटकपटक गाउँपालिकामा अनुरोध गरेपनि मर्मत हुन नसकेको प्रहरी निरीक्षक जिबराज थापाले बताए।

सूचना बोर्डमा खास्सै समस्या नभए पनि त्यसमा प्रयोग हुने विद्युतको महशुल कसले तिरिदिने भन्ने अन्योल रहेको निरीक्षकको भनाई रहेको छ। मर्मतका लागि आफुहरु लागि परिरहेको छिट्टै मर्मत भएर सञ्चालनमा आउँने रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले आश्वासन दिए। रहरै रहरमा काम गर्ने स्थानिय सरकारले बाध्यतालाई स्विकार्न नसक्नुले पछिल्लो समय सर्वसाधारण जनताप्रती बिश्वास घटाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...