News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका सबै स्थानीय तहमा सर्वसहमत नेतृत्य निर्वाचित : कहाँ कहाँ को बने ?

एमाले गौमुखीमा जि.सी.को नेतृत्वमा कमिटि गठन

झुलेनी नेटवर्क२०७८ कार्ति १६
१११० पटक
२०७८ कार्ति १६

नेकपा एमाले गौमुखी गाउँपालिका कमिटि जुमानसिंह जि.सी.को नेतृत्वमा चयन भएको छ । सर्वसहमतीका लागि प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको थियो । मंगलवार बिहान निर्वाचित कमिटिको उपाध्यक्ष शुवास के.सी., सचिव बसन्त चन्द, सह सचिव याम बहादुर थापा र दिपा बोहोरा रहेका छन् ।

कमिटिका सदस्यहरु यसअघि नै सर्व सहमतिमै चयन भएका थिए । अध्यक्ष पदका लागि आयोजक समितिका अध्यक्ष जुमानसिंह जि.सी. र ज्ञानुमाया के.सी.को दावेदारी थियो । यो सँगै जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसहमतिमा नेतृत्व चयन भएका छन् । यसअँघि जिल्लाका ९ वटै वडामा वडा अधिवेशन सर्वसहमत सम्पन्न भएका छन् ।

प्यूठान नगरपालिकामा सर्वसहमतिमा आउँन नसक्दा ५ दिन पछि सर्वसहमतिमा भई गत आइतवार सपथ ग्रहण गरेका छन् । प्यूठान नगरपालिकामा टंक बहादुर खड्का, नौबहिनीमा विष्णु के.सी., मल्लरानीमा सुनिल शाही (लेकाली), झिमरुकमा ईन्द्रमणि पोख्रेल, माण्डवीमा याम बहादुर घिमिरे, ऐरावतिमा श्याम थापा, सरुमारानीमा बसन्त बहादुर जि.सी., स्वर्गद्वारीमा रामप्रसाद श्रेष्ठ सहितका पदाधिकारी निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...