News Portal

रेडियो सुन्नुहोस्

सुचनाको हकको कार्यन्वयन जनप्रतिनिधीको विश्वसनियताका लागि महत्वपुर्णः रोका

सिखबर संवाददाता१६ आषाढ, प्यूठान
११३७ पटक
१६ आषाढ, प्यूठान

जनप्रतिनिधिको जनतामा विश्वसनियता र सु–सम्वन्ध स्थापित गर्नका लागि स्थानिय तहमा सुचनाको हकको कार्यन्वयन सवल हुनुपर्ने माण्डवी गाँउपालीकाका अध्यक्ष श्रिधर रोकाले वताउनु भएको छ।

माण्डवी गाँउपालीकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको जनप्रतिनिधी, नागरिक समाज र सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रममा वोल्दै रोकाले जनता र जनप्रतिनिधीको सुमधुर सम्वन्ध स्थापित गर्नको निम्ति जवाफदेहिता आवश्यक रहेको र त्यसका लागि जनतालाई सहज रुपमा सुचना उपलव्ध गराउनु आवश्यक रहेको वताउनु भयो। साथै उहाँले गाउँपालिकाका सम्पुर्ण सुचनाहरु नागरिकले सहजतापुर्वक प्राप्त गर्ने वतावरण निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका पुर्व अध्यक्ष शुसिल पोख्रेलले सहजिकरण गर्नुभएको कार्यक्रममा गाउँपालीकाका जनप्रतिनिधी, विद्यालयका शिक्षक, उपभोक्ता र नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विजयसिह भारतिले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...