News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : सफारीमा जोखिमपुर्ण यात्रा

झुलेनी पोष्ट२०७८ मंसिर २८
११५५ पटक
२०७८ मंसिर २८

ग्रामिण क्षेत्रका कच्चि बाटोमा चल्ने सवारी साधनहरुमा यात्रुहरुको चाप बढि छ। तर ग्रामिण क्षेत्रमा मात्र नभएर शहरि क्षेत्रमा पनि यात्रुहरुमा एउटै समस्या छ। सर्वसाधारण जोखिम मोलेरै यात्रा गर्न तयार छन् भने चालकहरु पनि जोखिम मालेरै चलाउन बाध्य छन् ।

धेरैजसो ग्रामिण क्षेत्रमा चल्ने सफारी र पिक अप जिपमा उकुस–मुकुस हुदै यात्रुहरु सवार गर्छन् । सिट क्षमता भन्दा बढि मात्र होइन, ज्यान नै जोखिममा राखेर गाडिका छतमा समेत यात्रुहरु सवार हुन्छन्। ग्रामिण क्षेत्रका गाडि चालकहरुले ट्राफिकको आँखा छल्दै यात्रुहरु सवार गराउँछन् भने यात्रुहरु पनि प्रहरीको आँखा छलेर चेकिङ पोष्टमा पैदल हिड्ने गर्दछन् ।

यस्तो जोखिम यात्रामा सर्वसाधारण सहित जान्ने बुझ्ने ब्यक्ति पनि चढीरहेका हुन्छन्। गाउँ ठाउँमा ट्राफिक प्रहरी नहुनु र प्रयाप्त यात्रु वाहक सवारी साधन नचल्दा यस्ता समस्या दोहोरीरहेका छन्। यात्रु, चालक र सवारी धनी सबैलाई जोखिमपुर्ण यात्रा हो भन्ने थाहा हुँदा हुँदै पनि वास्ता गरीरहेका हुदैनन्। प्रहरीको आँखा छलेर यात्रा गर्नुभन्दा सबै नागरिक आफै जिम्मेवार बन्न जरुरी हुन्छ ।

यात्रु चढ्यो भनेर कोचाकोच गराउने सवारी चालक र जोखिम नै हो भन्ने थाहा भएर पनि चढ्ने यात्रु दुबै गैर जिम्मेवार हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...