News Portal

रेडियो सुन्नुहोस्

नेपालको शिक्षा ‘लगाम बिनाको घोडा’ जस्तो

सरकारी विद्यालयहरुमा धनी गरिब दुबै विद्यार्थीहरुले समानताका आधारमा शिक्षा प्राप्त गरे पनि गरिब विद्यार्थीहरुको आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क बुझाउन हम्मे–हम्मे भएको देख्न सक्किन्छ ।

नरेन्द्र ज्ञवाली२०७८ पुस ७, प्यूठान
१३८७ पटक
२०७८ पुस ७, प्यूठान

शिक्षा मानिसले जीवनलाई गुणस्तर बनाउनको लागि लिने गरिन्छ । शिक्षा कुनै कुरा वा विषय वस्तुको बारेमा बुझ्न र अध्यन गर्नको लागि शिक्षालाई प्राथमिकता दिइएको हो । शिक्षा प्राप्त गर्न पाउनु सबै नागरिकको अधिकारको कुरा हो। शिक्षा निश्पक्ष रुपमा प्राप्त गर्ने स्रोत हो त्यसैले शिक्षा मा कुनै पनि भेदभाव हुनुहुदैनन्। नेपालका कतिपय विद्यालयहरु शिक्षाको नाममा बाल शोषण गरि रहेको देख्न सकिन्छ । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने क्रममा विद्यार्थीको शरीर भन्दा ठूला झोला र किताबहरु, त्यसैमा गृहकार्यका भारिहरु, त्यसैका कारण विद्यार्थीहरु शारीरिक तथा मानसिक तनाबमा परेको देख्न सक्किन्छ ।

गुणस्तरीय शिक्षाको नाममा निजि विद्यालयहरुले महँगो शुल्क र अनावश्यक रकम उठाउने प्रवृत्ति बढ्दो देख्न सक्किन्छ । पछिल्लो समयमा सरकारी विद्यालयहरुले पनि विद्यार्थी माथी चर्को शुल्क उठाइ रहेका छन । सरकारी विद्यालयहरुमा धनी गरिब दुबै विद्यार्थीहरुले समानताका आधारमा शिक्षा प्राप्त गरे पनि गरिब विद्यार्थीहरुको आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क बुझाउन हम्मे–हम्मे भएको देख्न सक्किन्छ ।

कतिपय विद्यालयले आर्थिक अवस्था कम्जोर भएकै कारण विद्यार्थीलाई विद्यालयबाट निकालिएको कुरा सुन्नामा आएको पाईन्छ । यस्तो अवस्थालाई व्यवस्थित गर्नु विद्यालय परिवारको जिम्मेवारी पनि हो । अहिलेको समयमा धनिका छोराछोरिहरुले महँगो बोर्डिङ स्कुलमा पढाइ रहेका छन । सरकारी विद्यालयहरुले पनि महँगो शुल्क लिएर पढाउने प्रवृत्तिले गर्दा गरिबका छोराछोरीहरु सरकारी स्कुलमा पनि पढ्न नसक्ने स्थिति पछिल्लो समयमा शैक्षिकक्षेत्रमा देखिन आएको छ । गरिबका छोराछोरीहरु सधै पछाडि पर्नुको मुख्य कारण नै सरकारी विद्यालयको महँगो शुल्क हो, भन्ने कुरा बुझन सक्किन्छ । नेपाल सरकारले निशुल्क शिक्षा प्रणालीको व्यवस्था गरे पनि लागू हुन सकेको छैन ।

राम्रो सग निहालेर हेर्ने हो भने विद्यालय–विद्यालयको प्रतिशप्रर्धाले गर्दा गरिब जेहनदार विद्यार्थी माथी ठूलो मर्का परेको देख्न सक्किन्छ । नेपालमा देखावटी शिक्षा प्रणाली कहिलेसम्म लागू गर्ने र कहिले व्यावहारिक शिक्षा प्रणालीको लागू गर्ने ? शिक्षा सिपको लागि लिने गरिन्छ । शारीरिक मानसिक तनाब को लागि होइन ।

नेपालको शिक्षा किन यस्तो ? लगाम बिनाको घोडा जस्तो भएको छ । विद्यालयमा गयो, विषय वस्तु घोक्नु नै पर्ने, घरमा आयो पढ्नु नै पर्ने घोक्नु नै पर्ने । यस्तो प्रवृत्तिले गर्दा विद्यार्थीहरुको क्षमता र सीपको विकास कहिले र कुन शिक्षाले गर्ने? नेपालमा जहिलेसम्म व्याहारिक शिक्षा हुदैन तब सम्म शिक्षा प्रणालीको विकास हुन सक्दैन ।

अहिलेको समयलाई हेर्दा विद्यार्थीहरु पढ्न र जागिर गर्नको लागि वैदेशिक पलायन भैरहेको देख्न सकिन्छ। सीप सिकाइ गरिसके पछि विद्यार्थीहरु नेपाल फर्कने चाहाना राख्दैन । किन कि सीप अनुसारको नेपालमा जागिरको व्यवस्था नेपाल सरकारले गर्न सकेको छैन । नेपालको शिक्षा प्रणाली कहिले व्यवहारीक सिपमा परिणत हुने ?

विद्यार्थीले शिक्षामा गरेको लगानीले कुनै पनि किसिमको लाभ प्राप्त गर्न सक्दैन भने किन चाइयो शिक्षा प्रणाली ? किन चाइयो गुणस्तरीय शिक्षा ? नेपालमा जुनदिन व्यवहारीक शिक्षा पद्धति आउँछ, त्यसदिनबाट शिक्षा प्रणाली र गुणस्तरीय शिक्षाको महत्व रहने छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...