News Portal

रेडियो सुन्नुहोस्

नेपालको शिक्षा ‘लगाम बिनाको घोडा’ जस्तो

सरकारी विद्यालयहरुमा धनी गरिब दुबै विद्यार्थीहरुले समानताका आधारमा शिक्षा प्राप्त गरे पनि गरिब विद्यार्थीहरुको आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क बुझाउन हम्मे–हम्मे भएको देख्न सक्किन्छ ।

नरेन्द्र ज्ञवाली२०७८ पुस ७, प्यूठान
९४२ पटक
२०७८ पुस ७, प्यूठान

शिक्षा मानिसले जीवनलाई गुणस्तर बनाउनको लागि लिने गरिन्छ । शिक्षा कुनै कुरा वा विषय वस्तुको बारेमा बुझ्न र अध्यन गर्नको लागि शिक्षालाई प्राथमिकता दिइएको हो । शिक्षा प्राप्त गर्न पाउनु सबै नागरिकको अधिकारको कुरा हो। शिक्षा निश्पक्ष रुपमा प्राप्त गर्ने स्रोत हो त्यसैले शिक्षा मा कुनै पनि भेदभाव हुनुहुदैनन्। नेपालका कतिपय विद्यालयहरु शिक्षाको नाममा बाल शोषण गरि रहेको देख्न सकिन्छ । बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने क्रममा विद्यार्थीको शरीर भन्दा ठूला झोला र किताबहरु, त्यसैमा गृहकार्यका भारिहरु, त्यसैका कारण विद्यार्थीहरु शारीरिक तथा मानसिक तनाबमा परेको देख्न सक्किन्छ ।

गुणस्तरीय शिक्षाको नाममा निजि विद्यालयहरुले महँगो शुल्क र अनावश्यक रकम उठाउने प्रवृत्ति बढ्दो देख्न सक्किन्छ । पछिल्लो समयमा सरकारी विद्यालयहरुले पनि विद्यार्थी माथी चर्को शुल्क उठाइ रहेका छन । सरकारी विद्यालयहरुमा धनी गरिब दुबै विद्यार्थीहरुले समानताका आधारमा शिक्षा प्राप्त गरे पनि गरिब विद्यार्थीहरुको आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क बुझाउन हम्मे–हम्मे भएको देख्न सक्किन्छ ।

कतिपय विद्यालयले आर्थिक अवस्था कम्जोर भएकै कारण विद्यार्थीलाई विद्यालयबाट निकालिएको कुरा सुन्नामा आएको पाईन्छ । यस्तो अवस्थालाई व्यवस्थित गर्नु विद्यालय परिवारको जिम्मेवारी पनि हो । अहिलेको समयमा धनिका छोराछोरिहरुले महँगो बोर्डिङ स्कुलमा पढाइ रहेका छन । सरकारी विद्यालयहरुले पनि महँगो शुल्क लिएर पढाउने प्रवृत्तिले गर्दा गरिबका छोराछोरीहरु सरकारी स्कुलमा पनि पढ्न नसक्ने स्थिति पछिल्लो समयमा शैक्षिकक्षेत्रमा देखिन आएको छ । गरिबका छोराछोरीहरु सधै पछाडि पर्नुको मुख्य कारण नै सरकारी विद्यालयको महँगो शुल्क हो, भन्ने कुरा बुझन सक्किन्छ । नेपाल सरकारले निशुल्क शिक्षा प्रणालीको व्यवस्था गरे पनि लागू हुन सकेको छैन ।

राम्रो सग निहालेर हेर्ने हो भने विद्यालय–विद्यालयको प्रतिशप्रर्धाले गर्दा गरिब जेहनदार विद्यार्थी माथी ठूलो मर्का परेको देख्न सक्किन्छ । नेपालमा देखावटी शिक्षा प्रणाली कहिलेसम्म लागू गर्ने र कहिले व्यावहारिक शिक्षा प्रणालीको लागू गर्ने ? शिक्षा सिपको लागि लिने गरिन्छ । शारीरिक मानसिक तनाब को लागि होइन ।

नेपालको शिक्षा किन यस्तो ? लगाम बिनाको घोडा जस्तो भएको छ । विद्यालयमा गयो, विषय वस्तु घोक्नु नै पर्ने, घरमा आयो पढ्नु नै पर्ने घोक्नु नै पर्ने । यस्तो प्रवृत्तिले गर्दा विद्यार्थीहरुको क्षमता र सीपको विकास कहिले र कुन शिक्षाले गर्ने? नेपालमा जहिलेसम्म व्याहारिक शिक्षा हुदैन तब सम्म शिक्षा प्रणालीको विकास हुन सक्दैन ।

अहिलेको समयलाई हेर्दा विद्यार्थीहरु पढ्न र जागिर गर्नको लागि वैदेशिक पलायन भैरहेको देख्न सकिन्छ। सीप सिकाइ गरिसके पछि विद्यार्थीहरु नेपाल फर्कने चाहाना राख्दैन । किन कि सीप अनुसारको नेपालमा जागिरको व्यवस्था नेपाल सरकारले गर्न सकेको छैन । नेपालको शिक्षा प्रणाली कहिले व्यवहारीक सिपमा परिणत हुने ?

विद्यार्थीले शिक्षामा गरेको लगानीले कुनै पनि किसिमको लाभ प्राप्त गर्न सक्दैन भने किन चाइयो शिक्षा प्रणाली ? किन चाइयो गुणस्तरीय शिक्षा ? नेपालमा जुनदिन व्यवहारीक शिक्षा पद्धति आउँछ, त्यसदिनबाट शिक्षा प्रणाली र गुणस्तरीय शिक्षाको महत्व रहने छ ।

 

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...