News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमै खुल्यो प्याड उद्योग

सुजाता थापा क्षेत्री२०७८ पुष १५, प्यूठान
१८१५ पटक
२०७८ पुष १५, प्यूठान

प्यूठान जिल्लामै सेनिटरी प्याड उद्योग खुलेको छ । प्यूठान नगरपालिका ३, रातामाटामा किशोरी सेनिटरी प्याड उद्योग सञ्चालनमा ल्याइएको ब्यवसायी इन्दिरा पोख्रेलले बताइन् ।

‘गतवर्षदेखि नै उद्योग सञ्चालनको लागि तयारी गरेकी हुँ’ सञ्चालक पोख्रेलले भनिन्, ‘लकडाउन भएका कारण कच्चा पदार्थ किन्न नपाउँदा ढिलो भयो ।’ उनका अनुसार यो उद्योग २०७८ असौज महिनाबाट सञ्चालनमा छ । रातामाटामा स्थापना गरीएको उद्योगमा २५ लाख रुपैयाँ लगानीमा स्थापना गरीएको उनले बताइन् ।उद्योगका लागि मेसिनरी सामान भारतको नयाँ दिल्लीबाट ल्याइएको छ । कच्चा पदार्थ चिनबाट ल्याउने गरेको उनले बताइन् ।

उद्योगबाट अटोमेटिक सेनिटरी प्याड मेकिङ मेसिनले प्रति मिनेट ६० वटा सम्म प्याड उत्पादन गर्न सक्छ । उद्योग सञ्चालन गरेको ३ महिनामै आफू व्यवसाय सञ्चालनमा उत्साहित भएको उनले झुलेनी पोष्टसँगको कुराकानीमा बताइन् । ‘उद्योग चलाएको ३ महिनामा करिब २ लाख ५० हजारको कारोवार भयो’, उनले भनिन्, ‘हालसम्म ३ हजार पिस विक्रि भइसकेको छ ।’ उद्योगबाट बिक्रिका लागि १५ हजार पिस सेनिटरी प्याड तयारीमा छन् ।

प्याड सुरक्षित बनाउनका लागि हानिकारक व्याक्टेरीया मार्ने र ढुसि रहित बनाउने कामका लागि स्ट्रेलाइजर मेसिन प्रयोगमा रहेको छ । प्याड प्याकिङ गर्नका लागि मेनुअल प्याकिङ मेसिन समेत राखेकी छिन् । प्याड बनाउन नन ओभन, स्याप सिट (कपास), ब्याक सिट, गम पेपर, रिलिज पेपर लगायतका कच्चा पदार्थ प्रयोग गरीदै आएको छ । प्याकिङ गर्नको लागि प्याकिङ प्लास्टिक समेत आवश्यक पर्छ । उद्योगबाट बिभिन्न ४ साइजमा ३ सय २०, ३ सय, २ सय ओसी र २ सय ४० एम.एम.को साइजमा प्याड उत्पादन हुँदै आएको छ ।

उद्योगमा आफूसँगै अन्य ४ महिलाले रोजगार पाएको सञ्चालक पोख्रेलले बताइन् । उद्योग सञ्चालनका लागि पोख्रेलले भारतको नयाँ दिल्लीमा एक हप्ताका तालिम लिएकी हुन् । तालिम लिदाका बखत यातायात र आवासिय खर्च गरि ५० हजार भारतिय रकम खर्च भएको बताइन् । विभिन्न गैर सरकारी संघ संस्थामा काम गरेकी उनले जागीर गर्दा काम बढी र तलव थोरै हुने भएकाले नयाँ व्यवसायको सोंच बनाएर व्यवसाय थालेको बताइन् । प्याड खरीद गर्नका लागि प्यूठान सहित रोल्पाबाट माग आएको उनले बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...