News Portal

रेडियो सुन्नुहोस्

हस्तकलाका सामग्रिबाटै आत्मनिर्भर गुमानसिंह

सुजाता थापा क्षेत्री२०७८ पुष १५, प्यूठान
६२८ पटक
२०७८ पुष १५, प्यूठान

प्युठान नगरपालिका–४, जुम्री बसपार्कमा गुमानसिंह घर्ती मगरको हस्तकला उद्योग छ । बाँसबाट निर्मित हस्तकला सामग्री देख्दा नै किनु किनु लाग्छ यहाँ पुगेपछि । पुख्र्यौली पेसा बाँसबाट बन्ने डोको, डालो, नाङ्लो, मान्द्रो आदि बनाउँदै आएका उनले कलात्मक सामग्रि बनाउन थालेको १६ वर्ष पुगिसकेछ। गुमानसिंहले यहाँ विजय बाँस हस्तकला उद्योग सञ्चालनमा ल्याएका हुन् । यस उद्योगबाट फोटो फ्रेम, चुरी स्ट्यान्ड, भाँडा राख्ने ¥याक, मेक अपका सामन राख्ने टोकरी, कलम÷पेन्सिल राख्न मिल्ने भाँडा, फुल सजावटका लागि प्रयोग गरिने गमला, मन्दिर, लकेट (चाबी राख्ने), क्यास ट्रे (चुरोट निभाउने) लगायतका घर सजावटका सामग्रीहरु बनाउदै आएका छन् ।

यहाँबाट उत्पादित सामग्रीहरु घर्तिले पसलबाटै फुटकर र किराना स्टोर पसलहरुमा थोक बिक्रि समेत गर्दै आएका छन् । उद्योगमा कच्चा पदार्थको प्रमुख स्रोत लेकाली बाँस हो । बाँस उनले गाउबाट किनेर ल्याउने गर्दछन । जोड्नका लागि फेविकल, सुलोसन जिल्लाकै बजारबाटै किन्दै आएका छन् । ‘परम्परागत रुपमा प्रयोग हुने सामग्रि भन्दा कलात्मक सामग्रि बनाउने रहर लागिरहन्थ्यो’, उनले भने, ‘घरेलु तथा साना उद्योगले तालिम दिएपछि रहरसँगै ब्यवसायिक बन्न पुगे ।’ उनका अनुसार घर्तिले २०६२ सलमा बाँसका सामग्री बनाउने निशुल्क तालिम पाएका हुन् । सुरुमा १५ हजार रुपैयाँ लगानीमा सुरु गरेको उद्योगले खुसीसँगै आम्दानी पनि दिएको छ उनलाई ।

‘स्थानीय स्रोत साधनको प्रयोग पनि हुने, आम्दानी पनि हुने’, उनले भने । हस्तकला सामग्रीबाट मासिक सरदर २० हजार आम्दानी हुने गरेको छ । दुर्गम क्षेत्रमा हस्तकला सामग्रीको स्थानीयले महत्व नदिएपनि पर्यटकीय क्षेत्र र व्यापारीक केन्द्रहरुमा यसको माग बढ्दो रहेको छ । प्यूठान जिल्लामा उत्पादन गरेर उनले पर्यटकिय क्षेत्रहरु काठमाण्डौ, पोखरा, विराटनगर, धनगढी, महेन्द्रनगर, झापा लगायतका ठाउँहरुमा बिक्रि गर्नका लागि लैजाने गरेका छन् । अहिले गुमानसिंहको आम्दानीको मुख्य स्रोत यहि हस्तकला उद्योग बनेको छ । आफूसँगै श्रीमती पम्फाले पनि यहि काम गर्दै आएकी छिन् । हस्तकला सामग्री तयार गर्न श्रीमतीले सघाउँछिन भने कामको अन्तिम रुप गुमानसिंङले नै गर्दछन। यहाँको उद्योगबाट बनेका सामग्रि प्युठान भन्दा बाहिरी जिल्लामा माग बढ्दो रहेको छ ।
जिल्लामा स्वर्गद्वारी भन्दा अन्य पर्यटकिय स्थल नहुँदा पनि यस्ता सामग्रि खरीद गर्ने ग्राहक पाएका छैनन् उनले । घरमा सजावटका लागि आकर्षक र स्वास्थ्यलाई हानी समेत नगर्ने यस्ताखाले सामग्रि प्लाष्टिक भन्दा केहिँ महँगो भएपनि सर्वसाधारण प्रयोग गर्न रुचाउँदैनन् ।

अरुबेला भन्दा मेला, महोत्सवका बेला यस्ता बढी मात्रामा बिक्रि हुने गरेको उनले बताए । जिल्लामा हुने महोत्सवमा हस्तकला सामग्रि राख्नका लागि घरेलु कार्यालयले निशुल्क स्टल उपलब्ध गराउने भएकाले आम्दानी बच्ने गरेको उनको भनाई छ । ‘बिदेशबाट ल्याइएका प्लास्टिक जन्य सामग्रि भन्दा जिल्लामै उत्पादन गरीएका सामग्रीलाई प्रोत्साहन दिएमा यसको बजार बढ्ने उनले बताए । बाँसबाट बनेका सामग्रि आकर्षक र टिकाउ हुने भएकाले केहिँ महँगो पर्ने भएपनि सबैलाई प्रयोग गर्न सुझाव दिन्छन् उनले ।

जिल्ला बाहिर मजदुरी खर्च र मेहनत अनुसारको बजार मूल्य पाए पनि आफ्नै जिल्लामा भने सोचे अनुसारको बजार मुल्य पाउन नसकेको गुनासो छ । प्युठान वासीले बाँसबाट बनेका सामग्रीको महत्व नबुझेका कारण जिल्लामा बजार पाउन नसकेको उनको बुझाई छ ।

 

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...