News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : जाडोमा सुन्तला र यसको फाइदा

जाडो याममा सुन्तला र कमलाको ब्यापार बढी हुन्छ ।

झुलेनी नेटवर्क२०७८ पुष २८, प्यूठान
१५३९ पटक
२०७८ पुष २८, प्यूठान

यसको नाम लिने बित्तिकै सबैको मुखबाट रस आइहाल्छ । तर कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा पाइन्छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ।

सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तला भन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन्। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।

दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ। यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ। दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ। त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ। यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ।

मौषम अनुसार जाडो सिजनमा सुन्तला फल्ने भएकाले ग्रामीण क्षेत्रमा सर्वसाधारणहरुको हिउँद याममा यही नै प्रमुख व्यापार जस्तै हो । सुन्तला र कमला बेचेर घरखर्च र बालबालिकाका लागि स्टेशनरी सामग्रि पनि यसैबाट जुटाउन मद्धत पुगीरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...