News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : जाडोमा सुन्तला र यसको फाइदा

जाडो याममा सुन्तला र कमलाको ब्यापार बढी हुन्छ ।

झुलेनी नेटवर्क२०७८ पुष २८, प्यूठान
१५५० पटक
२०७८ पुष २८, प्यूठान

यसको नाम लिने बित्तिकै सबैको मुखबाट रस आइहाल्छ । तर कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा पाइन्छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ।

सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तला भन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन्। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।

दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ। यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ। दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ। त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ। यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ।

मौषम अनुसार जाडो सिजनमा सुन्तला फल्ने भएकाले ग्रामीण क्षेत्रमा सर्वसाधारणहरुको हिउँद याममा यही नै प्रमुख व्यापार जस्तै हो । सुन्तला र कमला बेचेर घरखर्च र बालबालिकाका लागि स्टेशनरी सामग्रि पनि यसैबाट जुटाउन मद्धत पुगीरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...