News Portal

रेडियो सुन्नुहोस्

मलाई बाल्यकलामा फर्कन मन लाग्यो

डा. दिपेन्द्र जंग शाहि२०७८ पुष २८, प्यूठान
१०१० पटक
२०७८ पुष २८, प्यूठान

रातको ११ बजे एम्बुलेन्सको साइरनसँगै एक युवकलाई इमर्जेन्सी वार्डमा ल्याइन्छ । अनुहार चिन्नै नसक्ने गरि रक्ताम्य छ, हातगोडा चिसा र कडा भइसकेका छन्। सबै भाइटल साइन्सहरु शून्य छन्। इसिजीले सिधा धर्को देखाउँदैछ ।

मलाई मानिसको जीवन र इसिजीको धर्का उस्तै लाग्छ । बाँच्नका लागि एक निर्धारित उकाली ओराली हुनैपर्ने। धेरै उकाली र ओरालीले जीवनलाई कष्टकर र पीडादायी बनाउँछ। इसिजीका धर्का नि त्यही समान छन्, सधैं एक गतिमा चलायमान हुनैपर्ने। जीवनका अनेक उकाली ओरालीपछि एउटा चौतारी आउनैपर्छ जसले पुनः उकाली ओराली गर्ने जाँगर थप्ने गर्दछ। तर चौतारीमा जीवन सधैं अल्झिरहन सक्दैन । यदि त्यसो भयो भने जीवन शून्य हुनेछ, ठ्याक्कै इसिजीका धर्काहरुझैँ। जीवनले पनि त विश्राम लिनेछ इसिजीले जस्तै ।

हो, यो युवकको जीवनले नि सधैंका लागि विश्राम लिइसकेको थियो। हामी आवश्यक कागजपत्र तयार पार्दै थियौँ, एक हुल मानिसहरुको इमर्जेन्सीमा प्रवेश हुन्छ जसमा मेरो आँखा युवकलाई अङ्गालो हाल्दै रुँदै गरेकी युवती (श्रीमती) र उसको नाबालक छोरामा पर्यो। आफ्नी आमा रोएको देखेर ऊ पनि रोयो । तर सायद उसले बुझ्न सकेन उसका आँसु केका लागि बग्दैछन् भनेर। जीवनमा हामी पनि आँसु त बगाउछौँ तर कहिलेकाहीँ आँसुको अर्थ नै बुझ्दैनौँ । वा बुझ्ने चेष्टा नै गर्दैनौँ । एकछिनपछि ती युवतीलाई आफन्तले बाहिर लैजान्छन् तर बालक त्यहीँ हुन्छ ।

उसको हातमा एउटा सानो गाडी छ, सायद उसको प्रिय खेलौना । ऊ त्यही खेलौना भुइँमा राख्छ अनि टिट टिट आवाज निकालेर खेलिरहन्छ घरि उसको पिता गहिरो निन्द्रामा सुतेको बेड अघि, घरि पछि । उसलाई थाहा छैन र ऊ बुझ्दैन पनि । हिजो उसको लागि घोडा बनेर घुडाँ टेकेर हिँडेको उसको पिता अब हिँड्ने छैन। सन्तानको खुसीको लागि अब उसले कहिल्यै घुडाँ टेक्नेछैन । म बालकलाई हेरिरहन्छु ।

आखिर दुःख र पीडा बुझेपछि, जानेपछि हुने रहेछ । जतिसुकै आत्मीय र प्रिय किन नहोस् आफूलाई त्यसको कुनै हेक्का र मतलब छैन भने त्यो मान्छे वा वस्तु गुमाउदा कुनै पीडा हुन्न रहेछ । खुसी र सुखी हुन ठाउँ, परिस्थिति, व्यक्ति तथा अन्य कुनै कुराले बाधा उत्पन्न गर्न नसक्दो रहेछ । मलाई फेरि पनि त्यही बाल्यकालमा फर्कन मन छ। यो दुनियाँको अनेकन जालझेल र पीडा भुलाउन मन छ । एउटा खेलौना हातमा राखि टिट टिट भन्न मन छ । स्वतन्त्र अबोध बालक झैँ । डा. शाही प्यूठान अस्पतालमा कार्यरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...