News Portal

रेडियो सुन्नुहोस्

तामाङ्ग जातिको चिनारी

मित्र बहादुर थापा२०७८ माघ १९, प्यूठान
१७६८ पटक
२०७८ माघ १९, प्यूठान

प्युठानको साविक अर्खा गा.वि.स.वडा नं.७ थनिका अर्थात गौमुखी गा.पा. वडा नं.१ अर्खा थनिका मा करिव ६० घर तामाङ्ग वस्ति रहेको छ। प्युठान जिल्लाको गौमुखी गा.पा. वडा नं.१ अर्खा थनिकामा मात्र रहेको तामाङ्ग वस्तिको आफ्नै महत्व रहेको छ ।

वौद्व धर्ममा आस्था राख्ने तामाङ्ग समुदायको आफ्नै छुट्टै संस्कार रिति रिवाज र पहिचान रहेको छ। भाषा आफ्नै भेष पनि आफ्नै रहेको छ । यहाँ रहेका तामाङ जाति कहाँ वाट कसरी यहाँ सम्म आएका हुन भन्ने कुराको खोज अनुसन्धान गर्दै जादा ७४ वर्षे धन वहादुर तामाङ सँग पटक पटक कुरा हुन पुग्यौं। उहाँको भनाई अनुसार यहाका तामाङ जाति सिन्धुपाल्चोक जिल्ला सेलोङ्गथान हेङ्गगुचे ठाउँबाट आएको बताउनुहुन्छ । सिन्धुपाल्चोक जिल्लाका लिलवहादुर तामाङ वि.स.१९७५ वरीपरी प्युठानको खलगांमा आर्मिको भारी बोकेर आएका थिएरे । उनका दाइ बाइसिङ तामाङले भाइ लिलवहादुर लाई खोज्दै प्युठान आएका थिए । त्यसपछि भाइ लिलवहादुर पश्चिम दैलेख जिल्लाको दुरलोक भन्ने ठाउँमा गएका थिए ।

दाई बाईसिङ तामाङ प्युठानकै चिसाबाङ भन्ने ठाउँमा त्यहाँका ऋषिराम उपाध्यले व्यबस्था गरेको खेतमा वसेका थिए। त्यसपछि त्यहाँ छोडेर अर्खा अर्तुवाङमा पनि केहि समय बसेका थिए। फेरि त्यहाबाट तत्कालिन अर्खा गाउँ पञ्चायतका मुख्य भिमसिङ राना मगरले तामाङ जातिलाई अर्खाको थनिकामा वसोवासका लागि व्यवस्था गरिदिएका थिए। त्यस समय देखि केहि तामाङ तराईको चितवन तथा नवलपरासी दुम्किबास बसाई सराई गरे पनि अन्य धेरैजसो तामाङ अर्खा थनिकामा नै आफ्नै मौलिकतामा बसोबास गर्दै आएका छन् । सिन्धुपाल्चोकै तामाङको छोरी धनलक्ष्मिसंग वैवाहिक सम्बन्ध गासेका बाइसिङ तामाङको १ छोरा मात्र जन्मेका थिए । छोराको नाम मन बहादुर तामाङ थियो । मन बहादुरका दुइ वटा श्रीमति थिए । जेठि श्रीमति बाट ४ छोरा, १ छोरी कान्छि श्रीमति बाट ४ छोरा २ छोरी जन्मेका थिए । कान्छि श्रीमति बाट जन्मेका छोरा मनजित तामाङले वाग्लुङ जिल्ला हालको झुपाखोला गाउँपालिका वडा नं.७ राजकुट कुडुलाका सुबई तामाङ (लोप्चन) का छोरी संग विवहा गरेका थिए। त्यस समय देखि प्यूठान र वाग्लुङका तामाङ जाति विच दोहोरो वैवाहिक सम्बन्ध रहेको छ। यी सबै कुरा बृद्व धनवहादुर तामाङले अग्रज बुढापाखा व्यत्तिहरु वाट सुन्दै आएको वताउनुहुन्छ । यहा १ घर लोक्टे तामाङ (वोम्जङ) को खलक पनि बसोबास रहेको छ । पहिले विगत मातामाङ जातिको छोराछोरी मगर जातिको छोराछोरी संग विवाह सम्बन्ध गाँस्न नपाईने प्रचलन थियो । यदि विवाह भई हालेमा विवाह गर्ने घरले अर्खा वसोवास गर्ने सबै थरथोकका प्रमुखलाई भेलामा बोलाई भोज खुवाउने प्रचलन थियो। जस्लाई भान्सा फुकाउने भन्ने प्रचलन थियो । हाल त्यो प्रचलन हटेको छ । सायद त्यहि भएर होला हाल तामाङ जातिको छोराले मगर जातिको छोरीसंग विवहा गर्न थाले पछि तामाङ भाषा लोप हुन थालेको धनबहादुर तामाङ वताउनुहुन्छ ।

साविक अर्खा गा.वि.स. ७ थनिका टोलको हाल सम्म भएका वडा सदस्य तथा वडा अध्यक्षहरुको नामावलि – मन ब. तामाङ (हवल्दार) वडा सदस्य । – रन ब. तामाङ (हवल्दार) वडा सदस्य । – लाल ब. तामाङ (हवल्दार)वडा सदस्य । – होम बहादुर तामाङ (कर्ण)वडाअध्यक्ष । – दिपक तामाङ वडा अध्यक्ष । – नरे तामाङ वडाअध्यक्ष । – केअर सिंङ तामाङ वडा सदस्य । (२०७४ मा जन निर्वाचित) वि.स.२०७० मा श्री धन वहादुर तामाङको अध्यक्षतामा तामाङ जातिको उत्थान तथा संस्कार संरक्षणको लागि नेपाल तामाङ ढेदुङ जिल्ला कार्य समिति गठन गरिएको थियो । हाल त्यस समितिको अध्यक्ष युवा प्रदिप तामाङ, सचिव रुम वहादुर तामाङ र कोषाध्यक्ष लालकुमार तामाङ रहेका छन् ।

वि.स.२०६५ सालमा धनवहादुर तामाङले निशुल्क रुपमा दिएको जग्गामा एक वौद्व गुम्बा वनाईएको छ। उक्त गेम्बामा अहिले हरेक वर्ष सोनाम ल्वोसारको अवसरमा विविध कार्यक्रम गरि ल्वोसार पर्व मनाउन थालिएको छ । गुम्बा सम्म गौमुखी पर्यतन पदमार्ग एक साल खन्ने काम भएको थियो त्यसैगरी गुम्बा लाई थप व्यबस्थापन गर्न हरेक वर्ष वडा तथा गा. पा.बाट बजेट विनियोजन भईरहेको छ । थप गुम्बा सम्म आवत जावत सहज बनाउन मोटरबाटो खन्न आवश्यक देखिन्छ । हालै वि.स.२०७६ मा उत्तम तामाङ (लामा) र नन्दराम तामाङले आफ्नो स्वर्गिय वुवाको सिमेन्त ढलान सहितको पक्कि समाधिस्थल (दुर्चागाङ) निर्माण गर्ने कार्य भएको छ । यहाँको तामाङजातिको जन्मदेखि मृत्य पर्यन्त सम्म हुने रितिरिवाज, संस्कार पृथक प्रकारको रहेको छ । तामाङ समुदायको भाषा, संस्कारलाई संरक्षण गरि प्रर्यतन प्रवद्र्धनको विकास गर्न सकेमा तामाङ जातिको जातिय उत्थान सगै यस क्षेत्रको समर्ग विकास गर्न सकिन्छ ।

केहि तामाङ भाषा

१) नमस्ते = छ्यफुल्ला

२) बाई = लसो है लसो

३) स्वागतम् = दानछ्याङो

४) भित्र यता आउनुस् =चिन्डो फ्याट नाउ

५) त्यहा वस्नुस् = होजि सिगो है

६) रक्सि =आइराके

७) जाडो= चि

८) पिउनु =थुङगो

९) जाउ= निडे

१०) वावा= आपा

११) आमा =आमा

१२) दिदि=नाना

१३) वहिनि= चोङ

१४) दाई =चोजो

१५) भाई= चोजो छ्याङ्वा

१६) मामा =आसाङ

१७) हजुर वुवा= आइवे

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...