News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रंग : सरुमारानीमा सामुहिक कृषि फर्म

सुजाता थापा क्षेत्री२०७८ फागुन १८, प्यूठान
११०० पटक
२०७८ फागुन १८, प्यूठान

सरुमारानी गाउँपालिका–२, दर्भानमा हाम्रो बहुउद्धश्यीय कृषि फर्म सञ्चालनमा आएको करिब ४ वर्ष पुग्यो। यो कृषि फर्म ५ जनाको साझेदारीमा सञ्चालनमा छ । लगानीकर्ता डण्ड गुरुङ्ग, गमानसिंङ गुरुङ्ग, केशर गुरुङ्ग (के.बि.) गरी ३ जना प्यूठानका र २ जना दाङका साझेदार रहेका छन । करिब २० लाख लगानीमा सञ्चालित फर्म ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । वडा नं.२, दर्भानमा २० रोपनी र वडा नं.१, को बाङगेसालमा १५ रोपनी जग्गा भाडा लिएको डण्ड गुरुङले बताए। उनका अनुसार फर्म स्थापना गर्न ऋण सापट लिएर सञ्चालन गरिएको हो ।

भारतबाट आयात गरिएको ताइवान पिंक प्रजातीको वर्षै भरी फल दिने बेलौती (अम्बा) र ड्राइगन फ्रुट यस फर्मको प्रमुख आम्दानीको स्रोत हो । फर्ममा मौषमी रुपमा लिची र अाँप पनि उत्पादन हुँदै आएको छ । हाल सम्म ५ क्वीन्टल भन्दा बढी अम्बा र २ क्वीन्टल भन्दा बढी ड्राइगन फ्रुट निर्यात समेत गरीसकेको यस यस फर्मका सञ्चालकको भनाई छ । फर्मको मासिक आम्दानी औसत ६० हजार जति हुँदै आएको गमानसिंह गुरुङले बताए । यस बहुउदेश्यीय कृषि फर्मले फलफूल सहित कडकनाथ कुखुरा, टर्की, बट्टाई चरा पालन समेत गर्दै आइरहेको छ । यहाँबाट अण्डा र मासुका लागि दुबै बिक्रि हुँद आएको छ ।

आफ्नै एभर ग्रिन नामक नर्सरी रहेको यस फर्मले ताइवान पिंक प्रजातीको अम्बाको विरुवा, कागती, इस्ट्रोबेरी, मोरिङ्गा (सितलचिनी), नरिवल, अनार, धुपिसल्ला, लिची, आप, टिमुर, ड्राइगन फ्रुट, किम्बु आदी विरुवा पनि उत्पाद र बिक्रि गर्दै आइरहेको गमानसिंङ गुरुङले बताए । १२ देखि १४ घण्टा फर्ममै काम गरेर बिताउने डण्ड गुरुङ सुरु देखिनै कृषिमा रमाउने स्वाभावका व्यक्ति हुन । उनले यस फर्म सञ्चालन अघि गतिशिल सहकारी समुहका सदस्य मिली तरकारी खेती गर्दै आइरहेका थिए । उनको पारिवारीक स्रोत नै तरकारी तथा फलफुल खेती रहेको उनको भनाई छ ।

फर्म साझेदारीमा लगानी गरि सञ्चालन भए पनि फर्ममा रहि काम गर्नेले न्युनतम पारिश्रमिक समेत लिने गरेको गुरुङ्गले बताए । डण्ड गुरुङ्ग, गमानसिंङ गुरुङ्ग, केसर गुरुङ्ग र २ जना स्थानीय महिला गरि ५ जनाले यस फर्ममा काम गर्दै आइरहेका छन । सिजनको समयमा अन्य व्यक्तिले यस फर्ममा काम पाउने गर्दछन । यस फर्मले जिल्ला वन कार्यालय प्यूठान मार्फत ५ लाख रुपैया अनुदान समेत पाएको डण्ड गुरुङ्गले बताए । उनी थप्छन् ‘यस अनुदानले हामीलाई थप हौसला मिलेको छ ।’ यस फर्मबाट उत्पादित फलफुल तथा विरुवा प्यूठान लगायत दाङ र बुटवलसम्म निर्यात गर्ने गरेको गुरुङले बताए । बढ्दो वेरोजगारीको मारमा च्यापिएका उनले आर्थिक पाटो सुधार गर्न कृषि पेसा अंगालेको बताए ।

अझै राम्रो फलफुल उत्पादन लिनको लागि अझै केहि वर्ष पर्खिनु पर्ने डण्ड गुरुङले बताउँछन । उनका अनुसार प्रसस्त मात्रामा फल लाग्न ड्राइगन फ्रुट र अम्बाले कम्तीमा ५ वर्ष समय लिने हँुदा उनीहरुले गरेको लगानी दिर्घकालिन रुपमा राम्रो प्रमाणित हुने गुरुङको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...