News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : न.पा.को सुनुवाइमा सधै एउटै गुनासा

झुलेनी नेटवर्क२०७८ चैत ०२ प्यूठान
१२७६ पटक
२०७८ चैत ०२ प्यूठान

प्यूठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघले सहजीकरण गरेको कार्यक्रममा आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद समेत गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधीकृत महेश कुमार गुरुङ्गले प्रगति प्रतिवेदन प्रतिवेदन पेश गर्दा नगरपालिकाको सन्तोषजनक भौतिक तथा बित्तिय प्रगति देखिएन। नगरपालिकाको कुल बजेटको हालसम्म ३३.४८ प्रतिशत मात्र बजेट खर्च भएको सार्वजनिक गरियो । यद्यपी ९० प्रतिशत योजनाहरु सम्झौता भएको भनिएको छ ।
नगरपालिकाले आफै बताए अनुसार पनि यी योजनाहरु विगत वर्षहरुमा झै यस वर्ष पनि असारकै समयमा हतार हतार सक्नुपर्ने हुन्छ । असारमा हतारहतार गर्ने कामले उपलब्धि राम्रो देखिदैन । प्यूठान नगरपालिकामा, फोहोरमैला व्यवस्थापन, बाग्दुलामा रहेको तरकारी तथा फलफुल संकलन केन्द्र संचालन, नागरिक सहायता कक्ष (हेल्प डेस्क) सुचारु, योजनाका सार्वजनिक सुनुवाइहरु नहुने, सार्वजनिक सुचना बोर्ड नराख्ने विगतका सार्वजनिक सुनुवाइमा उठ्ने गुनासाहरु यसपटक पनि दोहोरिए । हरेक पटक सञ्चालन हुने सार्वजनिक हुने सुनुवाइमा सेवाग्राहीबाट उठेका सवालहरुमा प्रतिवद्धता जनाउने गरेपनि कार्यान्वयन गरेको देखिदैन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...