News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावमा नवजात शिशुको उपचार हुन सकेन परिवार चिन्तीत

बोम बहादुर परियार२०७८ चैत ०६ प्यूठान
१२१९ पटक
२०७८ चैत ०६ प्यूठान

प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर सौरव श्रेष्ठले बच्चाको दिमागमा पानी जमेको (हाईड्रोकिफ्यालस) रोग देखिए पछि बच्चालाई शल्यक्रिया मार्फत निकाल्नु पर्ने बताए ।
गर्भमा रहेको बच्चालाई आइतबार दिउसो सल्यक्रिया मार्फत बाहिर निकालिएको थियो ।

सफल सल्यक्रिया भए पनि बच्चाको स्वास्थ्य अवस्था कमजोर भएको हुँदा बच्चालाई बाहिर लग्नु पर्ने उपचारमा संलग्न डाक्टर सन्तोस केसीले बताएका छन । बच्चाको टाउकोको नसामा पानी जमेको हुदा टाउको फुल्लीएको छ जसको उपचार काठमाण्डौ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा हुँने डाक्टर केसीले बताए ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुदाँ बच्चालाई अहिले प्यूठान अस्पतालमा राखिएको छ । बच्चा दुइमहिनाको गर्भमा हँुदा बुबाको मृत्यु भएको थियो । श्रीमानको मृत्यु भए पछी पुजा माइति घरमा आमासंगै बस्दै आएकी छिन् । विवाह गरेको ३ महिना नवित्दै पुजाले श्रीमान गुमाउन परेको थियो । आलो घाउ सेलाउन नपाउदै जन्मीएको बच्चामा यस्तो समस्या देखा परेपछि परिवारनै चिन्तीत बनेको छ ।

अहिले हामीसंग एक रुपैया छैन बच्चाकी मावलकी हजुरआमा जीपा राहुँले आसु पुछ्दै भनिन “ डाक्डरले काठ्माण्डौ लैजाने भन्नु भएको छ हामी संग पैसा छैन गुल्मीमा घर परिवारलाई जानकारी गराएको तर कुनै वास्ता गरेका छैनन् छोरीको पीडा सहनै गाह्रो भएको छ । ” आर्थिक अवस्था निकै कमजोर हुँदा बाहिर जानको लागि समस्या भएको बताउदै राहुँले बच्चाको उपचारका लागि सहयोग अपिल गरेकी छिन् । सल्यक्रियामा संलग्न डाक्टर केसीले बच्चाको उपचारका लागि २ लाख खर्च लाग्ने अनुमान गरिएको बताए ।
कसैले सहयोग गर्न चाहेमा बच्चाको मावलकी हजुर आमा जिपा राहँु को सम्पर्क नम्बर ९८६७५०७६६१ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...