News Portal

रेडियो सुन्नुहोस्

सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका नपुगेको गुनासो

झुलेनी नेटवर्क२०७८ चैत ८, प्यूठान
१७४८ पटक
२०७८ चैत ८, प्यूठान

सञ्चार क्षेत्रको विकासको लागि स्थानीय सरकारको भूमिका नपुगेको प्यूठानका कृयाशिल पत्रकारहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा पत्रकार महासंघ प्यूठान शाखाको समन्वय र मल्लरानी गाउँपालिकाको सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा सञ्चार क्षेत्रको प्रवद्धनमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रममा सञ्चारकर्मीहरुले गुनासो गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमा बोल्ने अधिकांश सञ्चारकर्मीहरुले स्थानीय तहहरुले बनाउने बजेट निति तथा कार्यक्रममा सञ्चारमाध्यलाइ उपेक्षा गरेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा, मल्लरानी गाउपालिका अध्यक्ष अमरध्वज राना, उपाध्यक्ष सरीता जीसी, नेपाल पत्रत्रकार महासंघ केन्द्रिय सदस्य शुशिल पोख्रेल, पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारी, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा लगायतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष शञ्जय रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ प्यूठानका सचिब प्रकाश बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...