News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : सिमलाको सीपले लिस्नेमा फल्दै छ स्याउ

तेजेन्द्र बि.एम. २०७९ बैशाख २०, प्यूठान
९१३ पटक
२०७९ बैशाख २०, प्यूठान

दशवर्ष भारतको सिमलाको स्याउ फर्ममा प्यूठान नगरपालिका–५ जुम्रीकाढा टोड्केका किमबहादुर जीसीले काम गरे । उनकै मेहनतले स्याउ बगैचाबाट मालिकले करोडांै रुपैया कमाए । श्रीमती र दुई छोरी फर्ममै काम गर्थे । सधै प्रदेशमा बसेर काम गरेर मात्र हुदैन भन्ने उनीहरुलाई लाग्यो । दश वर्ष सीकेको कामको सदुपयोग गर्दै आफ्नै बारीमा स्याउ बगैचाको मालिक बन्दै छन् ।

तीन वर्ष पहिले उनले आफ्नै बारीमा स्याउ लगायत अन्य फलफूल रोपेर अरुलाई नमुना देखाई रहेका छन् । उनले रोपेका स्याउका बिरुवा हुर्कदै गएका छन् भने आरु बखडा यस वर्षदेखि फल लाग्न थालेको छ । ‘हाम्रो जस्तै डाँडाका बारीमा आफैले रोपेको स्याउले लाखांै रुपैया कमाई भइरहेको देख्यौ’, उनले भने, ‘हाम्रो बारीमा किन नफल्ला भन्ने लागेर स्याउ रोप्ने योजनासहित नेपाल फर्केका हांै ।’ भारतबाट फर्कदा उनीहरु उतैबाट स्याउका बिरुवा लिएर रोप्ने योजना साथ बिरुवाको पनि बन्दोबस्त गरेर आएका थिए ।

प्यूठान नगरपालिकाको कृषि शाखाले उताको बिरुवा भन्दा यतैको बिरुवा राम्रो हुने सल्लाह पछि उनले यहीकै बिरुवा रोपेको बताए । स्याउसहित आरु बखडा, दाते ओखर लगायत करिव एक हजार बिरुवा रोपेका छन् । स्याउका बिरुवालाई आवस्यक पर्ने मलको लागि ७० ओटा बाख्रा पनि पालेका छन् । उनीहरुले भारतमा दश वर्ष बस्दा कमाएको रुपैया जति स्याउ फर्म खोल्न लगानी गरिरहेका छन् ।

हिमाल देखिने, उत्तर फर्केको, हिउदमा हिउपर्ने, मलिलो माटो भएको जमिन भएकाले स्याउ राम्रो फल्ने अनुमान जीसी परिवारले गरेका छन् । ‘स्याउ लाई कटानी, छटानी, कलमे, मलजल गर्ने सबैकाम राम्रोसंग सिकेका छौँ,’ श्रीमती धनकुमारीले भनीन्, ‘आफ्नै देशमा स्याउ फर्म खोल्ने योजना पूरा भएकोमा निकै खुसी छौँ ।’ जीसी परिवारको लिस्ने टोड्केको बाख्रा तथा स्याउ खेति फर्मलाई मकवानपुर स्थित डामनको हिउँदे फलफूल स्रोत केन्द्रबाट बेर्ना लिएर स्याउ लगाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...