News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : किसानको दुःख कसले सुन्ने ?

झुलेनी नेटवर्क२०७९ बैशाख २०, प्यूठान
१०३४ पटक
२०७९ बैशाख २०, प्यूठान

प्यूठान नगरपालिका वडा नं ७ टिकुरी बसपार्क देखि अलिकति तल बाँध बाँधेर क्वाडीसम्म सिँचाईको लागि लगिने कुलो वडा नं ७ भित्रको सत्तरी फाँट, सिम्ले लगायत क्षेत्रमा अव्यवस्थित छ । उक्त सिँचाई कुलोको छेउछाउमा खलंगा, बड्डाँडा, सारीबाङ, भित्रिकोट, टिकुरी लगायतका स्थानीय किसानहरुको खेत छ । सो कुलोमा व्यवस्थित वाँध नभएका कारण ती किसानले समस्या खेप्नु परेको छ। अव्यवस्थित कुलोमा छेकबाँध नभएकाले खेत खोल्दैे खेतहरुमा कुलोको पानी अनावश्यक पस्दा ठुला ठुला खाडलहरु समेत बनाएको छ ।

पटकपटक सम्बन्धित वडा र नगरपालिका धाउँदा पनि उनीहरुको कुरा सुनुवाई नभएको किसानहरुको भनाई छ । स्थानीय विष्णुदेवी खत्रीले कुलोको कारण धेरै समस्या भोग्नु परेको गुनासो गरिन । उनले आफ्नो खेत कुलोको छेउँमा परेको कारण पटकपटक बाँध लगाउँदा पनि कुलोले बाँध भत्काई खेतीलाई असर पारेको बताइन । वर्षयाममा दर्जनौ किसानलाई समस्या निम्ताउने कुलोको व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जावस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...