News Portal

रेडियो सुन्नुहोस्

संगीत भरत मगरकाे नाचाै नाचाै लाग्ने माैलिक झ्याउरे गीत सार्वजनिक (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
२९९८ पटक
प्यूठान

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा माैलिकताकाे रस हराउदै गए भन्ने चर्चा सर्वत्र चलिरहदाँ एउटा माैलिक झ्याउरे गीत सार्वजनिक भएकाे छ । प्यूठानी नव उदमान गायक संगीत भरत वुढा मगरकाे पहिलाे प्रस्तुती जाेगी बनायाै मायाकाे खेलैले नामक माैलिक झ्यारे गीत सार्वजनिक भएकाे हाे ।

बहुचर्चित लाेक तथा दाेहाेरी गायिका देवी घर्तीमगर र संगीत भरत मगरकाे स्वरमा सजिएकाे उक्त गीतमा संगीत पछिल्लाे समयका व्यस्त गायक नायक एवमं सर्जक खेम सेञ्चुरीले गरेका छन भने शब्द गाेविन्द विश्‍वकर्माले गरेका हुन ।

गायक संगीत भरत मगर राेल्पामा संचालन भएकाे सुवर्णावती तारा २०७४ का फस्ट रनअफ समेत हून । गीत सार्वजनिक लगत्तै हामी सँग कुरा गर्दै गायक मगरले अाफूले पहिलाे पटक गीत गाएर अडियाे भिडियाे बजारमा ल्याउन पाउँदा अत्यन्तै खुसी भएकाे कुरा हामीलार्इ सुनाउनु भयाे साथै उहाँले यस अाफ्नाे प्रस्तुतीलार्इ सुनेर हेरेर प्रतिक्रिया दिनकाे लागि समेत अनुराध गर्दै दर्शक श्राेताकाे मायाँ गीतले पाउने छ भन्ने अाशा राख्नु भएकाे छ ।

खेम सेञ्चुरी र रिना थापा मगरकाे अभियनयमा रहकाे यस म्यूजिक भिडियाेकाे निर्देशन स्मृति तिमिल्सिना गुरुमाले गरेका हुन भने छायाँकन करण चैसिएर सम्पादन प्रविण भट्टले गरेका हुन । खेम सेञ्चुरीकाे अाफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे यस म्यूजिक भिडियाेले सबै खाले दर्शक श्राेताकाे मन जिताेस शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...