News Portal

रेडियो सुन्नुहोस्

पाल्पामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

झुलेनी नेटवर्कजेठ ८
१७८२ पटक
जेठ ८

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका –९ दमकडा बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका तिनाउ गाउँपालिका – ५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको उपचारका क्रममा आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
माथागढी गाउँपालिका ३ सराईबाट पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको बाँस्टारीतर्फ आउँदै गरेको लु ७७ प २१३२ नम्बरको मोटरसाइकल गएराति ११ः ३० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक तिनाउ पाउँपालिका –५ मस्यामका २४ वर्षीय जनक राना सामान्य घाईते भएका थिए भने मोटरसाइकल पछाडि सवार रास्कोटी गम्भीर घाईते भएका थिए । गम्भीर घाईते रास्कोटीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा आईतबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...