News Portal

रेडियो सुन्नुहोस्

मिलोमतोमा गुणस्तरहिन काम : स्थानीय सरकार मुखदर्शक

झुलेनी नेटवर्क२०७९ जेठ ३०, प्यूठान
१०४४ पटक
२०७९ जेठ ३०, प्यूठान

प्यूठान नगरपालिका ७ डल्लेमा उपभोक्ता समिति मार्फत ऐतिहासीक डल्ले सराय नाँच लगाउने क्षेत्रमा भइरहेको काम गुणस्तरीय नभएको गुनासो आएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन कार्यालय कोहोलपुर बांके मार्फत ६५ लाख खर्च गर्नेगरि उभोक्ता समिति मार्फत भइरहेको काम गुणस्तरीय नभएको गुनासो स्थानीयले गरेका हुन् । सूरुमा प्यूठान नगरपालिका–४, भित्रीकोटमा खसआर्य संग्रालय निर्माण गर्ने भनेर विनियोजन भएको बजेटको काम डल्ले क्षेत्रमा गर्न लागिएको छ । भित्रीकोटमा हुने काम अन्यत्र गर्न थालेको भन्दै भित्रीकोट क्षेत्रका स्थानीयको समेत गुनासो छ ।

काम गर्दा लापरबाही भइरहेको स्थानीयले गुनासो गर्दा सरोकारवाला निकाय मुखदर्शन बनेको भन्दै मिलोमतो आशंका स्थानीयले गरेका छन् । वडा कार्यालय नगरपालिकाले आफ्नो क्षेत्रमा काम भइरहँदा देखे/नदेखेझैं गरेका छन् । जबकि त्यही क्षेत्रको बाटो हुँदै हरेक दिन प्रहरी, प्रशासन र स्थानीय सरकारका प्रतिनिधि ओहोरदोहोर गर्ने गर्दछन् । खोलाको पाकोमाटो मिसीएको बालुवा प्रयोग गरिएको छ । ‘मात्रा भन्दा कम सिमेन्ट राखेर काम भइरहेको छ,’ एक स्थानीयले भने, ‘यसले गर्दा निर्माणकै चरणमा लगाउँदै गरेका वालहरु चर्कन थालेका छन् ।’ जुनकाम गर्दा धेरै कमाउन सकिन्छ त्यही काम स्टिमेट गरेर काम गर्न थालिएको छ । आवश्यक नै नभएको स्थानमा मेसिनरी वाल लगाउन थालिएको अर्का स्थानीयले गुनासो गरे । डल्ले सराय नाच नाच्ने मुख्य मौलो रहेको क्षेत्रमा पनि आवश्यकतानै नभएको स्थानमा ढलान गर्न थालिएको छ ।

उभोक्ता समिति को–को हुन ?, लागत कति हो ? भन्ने कुरा पनि सार्वजनिक गरिएको छैन । निर्माण स्थलमा होडिङबोर्ड समेत राखीएको छैन् । उपभोक्ता समिति मार्फत भएको कामको रेखदेख गर्न आफू विरामी परेका कारण पुग्न नसकेको पर्यटन कार्यालय बांकेका प्रमुख माधब शर्माले जानकारी गराए । ‘यस विषयमा इन्जिनियरलाई बुझ्न लगाएको छु,’ उनले भने, ‘काम राम्रो नभएको भए रोक्न लगाउने छु ।’ समिति मार्फत नै यहीकै पून्यखोलाको ऐतिहासीक ठूलो पोखरी मर्मतको पनि काम भइरहेको छ । जहाँ गत वर्ष सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङ मार्फत मर्मतको काम भएको थियो । त्यो काम एक वर्ष भित्रमै जिर्ण भइसकेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...