News Portal

रेडियो सुन्नुहोस्

बर्खा लाग्यो ! पानी पर्दैन, किसानहरु चिन्तित वन्न थाले, मकैका बेर्ना बारीमै सुक्न थाल्यो ।

झुलेनी नेटवर्क२०७९असार,५ प्यूठान
८५१ पटक
२०७९असार,५ प्यूठान

प्यूठानमा वर्षा नहुदा खडेरीले अन्नबाली सुक्न थालेको छ । असार सुरु भै सक्दा समेत आकासबाट पानी नपर्दा किसानहरुले खेतबारीमा रोपेका मकै, धानको विऊ,तरकारी बाली लगाएत सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।
प्यूठानका धेरै ग्रामिण भेगहरुमा खेतीपाती गर्नका लागि आकासे पानीको भर पर्नु पर्ने बाध्यता छ । विकट क्षेत्रमा सिँचाई सुविधा नहुदा यहाँका किसानहरुलाई आकासे पानिमा भर  पर्नुपरेकाे हाे ।
समयमा पानी परेन खानेपानी आधा घण्टाको समय लगाएर बोक्नु पर्छ, त्यो पानी मान्छेले खाने की गाई वस्तुलाई खुवाउने ? सारै पिरोलेको छ, माण्डवी गाउँपालिका वडा नं.२ मर्कावाङ धन्चौर निवासी वसन्ता खत्रीले भन्नुभयो ! घरखर्च चलाउने भनेर बारीमा टमाटर रोपेका छौ, चर्को घामले महिना दिनको मेहिनत खेर गयो, बारीमा मकै सबै सुकेका छन, धानको विउँ राखेको त्यो पनि खेतमै सुकेको छ ; उहाँले दुखेसो सुनाउनुभयो ।
जिल्लाको उत्तरी क्षेत्रमा केही मात्रामा पानी परे पनि अन्य स्थानमा भने पानी पर्न सकेको छैन । सिँचाईको सुविधा भएका किसानहरुले सिँचाई गरेर खेतीबाली जोगाए पनि सिँचाईको असुविधा भएको स्थानका किसानहरु आकासे पानीको प्रतिक्षामा छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...