News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक शाैचालय भत्किदा खुल्ला ठाउँमा दिसापिसाब गर्दै दर्शनार्थीहरू

गोपाल रेग्मी, स्वर्गद्वारी भदौ ०८
११७७ पटक
भदौ ०८

शाैचालय निर्माण भएको १ महिना नपुग्दै भत्किदा स्वोगद्वारी दर्शनका लागि आवतजावत गर्ने धर्मावलम्बीहरू खुल्लाक्षेत्रमा दिसापिसाब गर्न बाध्य भएका छन ।

स्वर्गद्वारी नगरपालिका वडा नं -४ भिङग्रीकोट धर्मशाला भनिने ठाउँमा गत असार महिनामा ४ कोठे सार्वजनिक शाैचालय निर्माण गरिएको थियो ।

निर्माण भएको एक महिना नपुग्दै शाैचालयको खाडल अविरल वर्षका कारण भत्किएको हो । दैनिक सयौंको सङ्ख्यामा स्वर्गद्वारी दर्शनका लागि आउने तिर्थयात्रुहरुले जथाभावी खुल्ला क्षेत्रमा दिसापिसाब गर्दा यस क्षेत्र नै दुर्गन्धित भएको स्थानीयले बताएका छन ।

स्वर्गद्वारीको प्रमुख गन्तव्य यसै क्षेत्रमा पर्ने हुदा यहाको बाटो हुदै तिर्थयात्रीहरू स्वर्गद्वारी पुग्ने गर्दछन् । यहाँका स्थानीयहरूले स्वर्गद्वारी प्रवेशको मूलद्वार भएकाले स्वर्गद्वारी प्रभुको तस्वीर,मन्दिरमा चढाइने प्रसाद, फूल माला लगायत विभिन्न पूजा सामग्रीहरू, पुस्तक लगायतका व्यापार गर्दछ्न,स्वर्गद्वारी प्रवेशद्वार देखि करिव ७ किलोमीटरको दुरिमा धर्मशाला रहेको छ । शाैचालयको खाडल भित्किएको लामो समय बितिसक्दा पनि सरोकारवाला निकायले कुनैपनि चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...