News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक शाैचालय भत्किदा खुल्ला ठाउँमा दिसापिसाब गर्दै दर्शनार्थीहरू

गोपाल रेग्मी, स्वर्गद्वारी भदौ ०८
१२६१ पटक
भदौ ०८

शाैचालय निर्माण भएको १ महिना नपुग्दै भत्किदा स्वोगद्वारी दर्शनका लागि आवतजावत गर्ने धर्मावलम्बीहरू खुल्लाक्षेत्रमा दिसापिसाब गर्न बाध्य भएका छन ।

स्वर्गद्वारी नगरपालिका वडा नं -४ भिङग्रीकोट धर्मशाला भनिने ठाउँमा गत असार महिनामा ४ कोठे सार्वजनिक शाैचालय निर्माण गरिएको थियो ।

निर्माण भएको एक महिना नपुग्दै शाैचालयको खाडल अविरल वर्षका कारण भत्किएको हो । दैनिक सयौंको सङ्ख्यामा स्वर्गद्वारी दर्शनका लागि आउने तिर्थयात्रुहरुले जथाभावी खुल्ला क्षेत्रमा दिसापिसाब गर्दा यस क्षेत्र नै दुर्गन्धित भएको स्थानीयले बताएका छन ।

स्वर्गद्वारीको प्रमुख गन्तव्य यसै क्षेत्रमा पर्ने हुदा यहाको बाटो हुदै तिर्थयात्रीहरू स्वर्गद्वारी पुग्ने गर्दछन् । यहाँका स्थानीयहरूले स्वर्गद्वारी प्रवेशको मूलद्वार भएकाले स्वर्गद्वारी प्रभुको तस्वीर,मन्दिरमा चढाइने प्रसाद, फूल माला लगायत विभिन्न पूजा सामग्रीहरू, पुस्तक लगायतका व्यापार गर्दछ्न,स्वर्गद्वारी प्रवेशद्वार देखि करिव ७ किलोमीटरको दुरिमा धर्मशाला रहेको छ । शाैचालयको खाडल भित्किएको लामो समय बितिसक्दा पनि सरोकारवाला निकायले कुनैपनि चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...