News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा हिजो करिब १० हजार लिटर दुध बिक्री

झुलेनी पोष्ट२०७९ साउन १६, सोमबार प्यूठान
८९८ पटक
२०७९ साउन १६, सोमबार प्यूठान

प्यूठानमा हिजो करिब १० हजार लिटर दुध बिक्री भएको छ । दुग्ध संकलन तथा बिक्री केन्द्रका अनुसार जिल्लाका विभिन्न बजार क्षेत्रका डेरिहरुबाट प्रतिलिटर ९० का दरले करिब १० हजार लिटर दुध बिक्री भएको हो ।

हिजो साउन १५ गते खिर खाने दिन, परम्परागत तथा चलनचल्ती अनुसार जिल्लामा पनि खिर खाएर साउन १५ मनाइएको छ । विशेष गरि खिर खाने दिन भएकाले अन्य दिनको तुलनामा हिजो बिजुवार, जुर्मी, क्वाडी, बाग्दुला लगाएत जिल्लाका मुख्य बजार क्षेत्रका डेरीहरुबाट करिब १० हजार लिटरको हारहारीमा दुध बिक्री भएको दुग्ध संकलन तथा बिक्री केन्द्रका संचालकहरुले बताए ।

सोही अनुसार प्यूठान नगरपालिका ४ जुर्मी स्थित किसान डेरीबाट मात्रै आईतबार १ हजार लिटर दुध बिक्री भएको डेरिका संचालक नारायण घिमिरेले बताए ।
जिल्लामा दुग्धजन्य उत्पादन थोरै मात्रामा भएकाले बाहिरी जिल्लाबाट दुध आयात गरिदै आएको उनको भनाई छ । उनले भने, दाङ्ग, कपिलवस्तु लगाएतका स्थानबाट दुध आयात हुदै आएको छ । उनको डेरिमा दैनिक १सय५० लिटरको हारहारीमा स्थानिय दुध आउने गरेको बताए ।

त्यस्तै प्यूठान नगरपालिका ४ स्थित बिवेन्सु दुग्ध संकलन तथा बिक्री केन्द्र बिजुवारबाट हिजो करिब ५सय लिटर दुध बिक्री भएको दुध बिके्रता विरबल धामीले बताए ।
यस्तै जिल्लाका अन्य डेरिहरुबाट करिब १० हजार लिटरको हारहारीमा दुध बिक्री भएको अनुमान गरिएको छ ।

प्यूठान जिल्लाको सन्दर्भमा हेर्दा ग्रामीण क्षेत्रका धेरै जसो किसानहरुले गाई भैसी पालेर दुध उत्पादन गरेता पनि भौगोलिक विकटता, नियमित चल्ने सवारी साधनको अभाव र जिर्ण सडकका कारण बजार क्षेत्रमा ल्याउन सकिएको छैन । स्थानिय निकायले समयमै सडक सुधार गर्ने हो भने दुग्धजन्य उत्पादन तथा बिक्रीबाट जिल्लालाई आत्मनिर्भर बनाउन सकिने दुग्ध संकलन तथा बिक्री केन्द्रका संचालकहरु बताउछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...