News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा हिजो करिब १० हजार लिटर दुध बिक्री

झुलेनी पोष्ट२०७९ साउन १६, सोमबार प्यूठान
७२४ पटक
२०७९ साउन १६, सोमबार प्यूठान

प्यूठानमा हिजो करिब १० हजार लिटर दुध बिक्री भएको छ । दुग्ध संकलन तथा बिक्री केन्द्रका अनुसार जिल्लाका विभिन्न बजार क्षेत्रका डेरिहरुबाट प्रतिलिटर ९० का दरले करिब १० हजार लिटर दुध बिक्री भएको हो ।

हिजो साउन १५ गते खिर खाने दिन, परम्परागत तथा चलनचल्ती अनुसार जिल्लामा पनि खिर खाएर साउन १५ मनाइएको छ । विशेष गरि खिर खाने दिन भएकाले अन्य दिनको तुलनामा हिजो बिजुवार, जुर्मी, क्वाडी, बाग्दुला लगाएत जिल्लाका मुख्य बजार क्षेत्रका डेरीहरुबाट करिब १० हजार लिटरको हारहारीमा दुध बिक्री भएको दुग्ध संकलन तथा बिक्री केन्द्रका संचालकहरुले बताए ।

सोही अनुसार प्यूठान नगरपालिका ४ जुर्मी स्थित किसान डेरीबाट मात्रै आईतबार १ हजार लिटर दुध बिक्री भएको डेरिका संचालक नारायण घिमिरेले बताए ।
जिल्लामा दुग्धजन्य उत्पादन थोरै मात्रामा भएकाले बाहिरी जिल्लाबाट दुध आयात गरिदै आएको उनको भनाई छ । उनले भने, दाङ्ग, कपिलवस्तु लगाएतका स्थानबाट दुध आयात हुदै आएको छ । उनको डेरिमा दैनिक १सय५० लिटरको हारहारीमा स्थानिय दुध आउने गरेको बताए ।

त्यस्तै प्यूठान नगरपालिका ४ स्थित बिवेन्सु दुग्ध संकलन तथा बिक्री केन्द्र बिजुवारबाट हिजो करिब ५सय लिटर दुध बिक्री भएको दुध बिके्रता विरबल धामीले बताए ।
यस्तै जिल्लाका अन्य डेरिहरुबाट करिब १० हजार लिटरको हारहारीमा दुध बिक्री भएको अनुमान गरिएको छ ।

प्यूठान जिल्लाको सन्दर्भमा हेर्दा ग्रामीण क्षेत्रका धेरै जसो किसानहरुले गाई भैसी पालेर दुध उत्पादन गरेता पनि भौगोलिक विकटता, नियमित चल्ने सवारी साधनको अभाव र जिर्ण सडकका कारण बजार क्षेत्रमा ल्याउन सकिएको छैन । स्थानिय निकायले समयमै सडक सुधार गर्ने हो भने दुग्धजन्य उत्पादन तथा बिक्रीबाट जिल्लालाई आत्मनिर्भर बनाउन सकिने दुग्ध संकलन तथा बिक्री केन्द्रका संचालकहरु बताउछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...