News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा साहित्य महोत्सव हुने

झुलेनी पोष्ट २०७९ साउन १७, प्यूठान
११२३ पटक
२०७९ साउन १७, प्यूठान

प्यूठानमा साहित्य महोत्सव हुने भएको छ ।

आगामी कार्तिक ५ गते देखी ७ गते सम्म महोत्सव संचालन हुने भएको हो ।

जिल्लाको जिवन, संस्कृति, भाषा, कला, समाज तथा राजनितीलाई साहित्यको माध्यमबाट उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको साहित्य परिषद प्यूठानले जनाएको छ ।

महोत्सवमा देशका विभिन्न ठाउँहरुबाट साहित्यकार, कलाकार, बुद्धिजिवीहरुलाई समेत प्रतिनिधित्व गराईने भएको छ ।
सोमबार प्रा डा. गोपिन्द्र पौडेलको विशेष उपस्थितीमा नेपाल प्रज्ञा प्रतिष्ठानको बैठक कक्षमा भएको छलफल तथा साहित्य परिषद प्यूठानले निकालेको विज्ञप्तीमा स्वर्गद्धारीमा स्थानिय झाँकी, कविता, गित लगाएतका साहित्यिक गतिविधीहरु गरिने बताइएको छ ।
त्यस्तै कार्तिक ६ गते बिहान ओखरकोट र साँझ खलङ्गामा सोही प्रकारका साहित्यिक कार्यक्रम हुनेछ भने कार्तिक ७ गते बाग्दुलामा देवकोटा जयन्ती लगायत विभिन्न गतिविधिहरु गरी महोत्सवलाई आकर्षक बनाइनेछ । सो अवसरमा प्युठानका विभिन्न पर्यटकिय तथा सांस्कृतिक स्थानहरुको भ्रमणसमेत गरिने निर्णय गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ।
साउन २३ गते महोत्सवको बारेमा विस्तृत बैठकको आयोजना समेत गरिएको छ । बैठकमा मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणी पोखेल, मणी थापा, दूर्गा पौडेल, डा. गोविन्द पोख्रेल, डा. गोविन्द पौडेल, हरिहर शर्मा लगायत प्युठान जिल्लासँग सम्बन्धित विभिन्न बुद्धिजीवी, राजनैतिक व्यक्तित्व, साहित्यकारहरुको समेत उपस्थिति रहने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...