News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा साहित्य महोत्सव हुने

झुलेनी पोष्ट २०७९ साउन १७, प्यूठान
९६८ पटक
२०७९ साउन १७, प्यूठान

प्यूठानमा साहित्य महोत्सव हुने भएको छ ।

आगामी कार्तिक ५ गते देखी ७ गते सम्म महोत्सव संचालन हुने भएको हो ।

जिल्लाको जिवन, संस्कृति, भाषा, कला, समाज तथा राजनितीलाई साहित्यको माध्यमबाट उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको साहित्य परिषद प्यूठानले जनाएको छ ।

महोत्सवमा देशका विभिन्न ठाउँहरुबाट साहित्यकार, कलाकार, बुद्धिजिवीहरुलाई समेत प्रतिनिधित्व गराईने भएको छ ।
सोमबार प्रा डा. गोपिन्द्र पौडेलको विशेष उपस्थितीमा नेपाल प्रज्ञा प्रतिष्ठानको बैठक कक्षमा भएको छलफल तथा साहित्य परिषद प्यूठानले निकालेको विज्ञप्तीमा स्वर्गद्धारीमा स्थानिय झाँकी, कविता, गित लगाएतका साहित्यिक गतिविधीहरु गरिने बताइएको छ ।
त्यस्तै कार्तिक ६ गते बिहान ओखरकोट र साँझ खलङ्गामा सोही प्रकारका साहित्यिक कार्यक्रम हुनेछ भने कार्तिक ७ गते बाग्दुलामा देवकोटा जयन्ती लगायत विभिन्न गतिविधिहरु गरी महोत्सवलाई आकर्षक बनाइनेछ । सो अवसरमा प्युठानका विभिन्न पर्यटकिय तथा सांस्कृतिक स्थानहरुको भ्रमणसमेत गरिने निर्णय गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ।
साउन २३ गते महोत्सवको बारेमा विस्तृत बैठकको आयोजना समेत गरिएको छ । बैठकमा मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणी पोखेल, मणी थापा, दूर्गा पौडेल, डा. गोविन्द पोख्रेल, डा. गोविन्द पौडेल, हरिहर शर्मा लगायत प्युठान जिल्लासँग सम्बन्धित विभिन्न बुद्धिजीवी, राजनैतिक व्यक्तित्व, साहित्यकारहरुको समेत उपस्थिति रहने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...