News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर

झुलेनी पोष्ट २०७९ साउन १८, प्यूठान
८५४ पटक
२०७९ साउन १८, प्यूठान

प्यूठान,

बाग्दुला–बाहाने सडकको यात्रा कष्टकर बन्दै गएको छ । बाग्दुला–बाहाने सडकको ट्रयाक खुलेको झण्डै एक दशक भन्दा बढी भइसक्यो । तर यस स्थानमा सडकको स्तरोन्नतका लागि सरोकारवाला निकायले ध्यान नदिदा सर्वसाधारणले सास्ती खेप्न बाध्य हुन् ।

बर्खायाम लागेसगँै खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै बनेका छन् । सडकको दुरी बाग्दुला देखि बाहाने सम्म १३ मिटर मात्र भएपनि यो दुरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।

पैदल हिँड्न समेत ग्राहो हुने उक्त सडकमा गाडीमा सवार गर्दा समेत उत्तिकै सास्ती रहेको स्थानियले बताएका छन् ।

जिर्ण सडक, त्यसमाथि टिपरको आतङ्क !

नौबहिनी गाउँपालिका ८, लुप्लुङबाट चुनढुङ्गा खानीमा ओहोर दोहोर गर्ने ट्रिपरले बाटो बिगारेको कारण यो सडक झनै जोखिमपुर्ण बनेको हो ।

सरकारले खानी उत्खनन् मार्फत कर असुल्ने सडकमा प्रयाप्त बजेट बिनियोजन नगर्दा र टिपर हिड्ने बैकल्पिक बाटोको ब्यवस्था नगर्दा सडकको अवस्था झनै बिग्रीदै गएको हो । उक्त सडक हुदै दैनिक दर्जन बढी ट्रिपर ओहोर दोहोर गर्छन् ।

कच्ची सडक, नालीको राम्रो व्यवस्था नहुनु, खहरे खोला समेत सोही बाटो भएर बग्ने हुनाले बाटो सधै हिलाम्य हुने गरेको स्थानीयको गुनासो छ ।

चुनढुङ्गा खानी निस्कने ठाउँ अँधेरीदेखि बाहाने सम्मको हालत पनि उस्तै छ । सरकाले गाउँपालकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने भन्ने योजना बनाएको वर्षौ वित्या, तर उक्त निर्णय अझै कार्यन्वयनमा आएको छैन् ।

प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको क्षेत्रमा पर्ने यो सडकमा स्थानीय तहले सडक सुधार र मर्मतका लागि चासो नदिएको स्थानीयको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...