News Portal

रेडियो सुन्नुहोस्

जिल्लाभर ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिइदै

झुलेनी नेटवर्क२०७९ भाद्र २, प्यूठान
१०१८ पटक
२०७९ भाद्र २, प्यूठान

बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिईने भएको छ । विहीबार स्वास्थ्य कार्यलय प्यूठानले जिल्लाका संचारकर्मीहरुसगँको अन्तक्रिया कार्यक्रम मार्फत भदौ ५ गतेदेखी कोभिड –१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको जनाएको छ ।

जिल्लाका ३८ हजार ४ सय ९४ जना लक्षित वर्गका बालबालिकालाई बायोएनटेक खोप दिइदै छ । स्वास्थ्य कार्यालय प्यूठानको निर्देशनअनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुले भदौ ५ गते देखी ११ गते सम्म एकै चरणमा खोप अभियान चलाउँदै छन् ।

प्रत्येक स्थानीय तहका ३ सय ७८ वटा खोप केन्द्रबाट वडाका विद्यालय तथा स्वास्थ्य संस्थाबाट दिइने जनाइएको छ । खोप अभियानका लागि जिल्लाभर ५ सय ९ जना स्वास्थ्यकर्मी र १ हजार १८ जना स्वंयसेवक खटाइने स्वास्थ्य कार्यालय प्यूठानले कार्यक्रम मार्फत जानकारी गराएको छ ।

५ वर्ष देखी १२ वर्ष मुनिका बालबालिकाहरुलाई दिइने फाइजर बायोएनटेक खोप सुन्तला रगंको बिर्कोले चिनाईएको छ । खोप दिनु अघि खोपको भायलमा घोलकको १.३ मि.लि. मात्रा घोलेर खोप दिइने बताइएको छ । घोलक घोली सकेपछि अधिक्तम ६ घण्टा भित्र खोप दिइसक्नु पर्ने छ ।

खोपको अवधि सो खोप लिईएको २१ दिन पछि दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताए । देशभरका ३९ लाख ९५ हजार ८ सय ६८ जना लक्षित समुहका बालबालिकालाई यो खोप दिइने छ । याे खाेपकाे प्रभावकारिता ९१ प्रतिशत रहेकाे अध्ययनले देखाएकाे छ ।

बायोएनटेक खोप तत्काल लगाउन नहुने अवस्था :

Immunoglobulin/Monoclonal antibodies/Convalescent Plasma उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन हुन्छ ।

कोमिड-१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउनु हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ ।

कुनै पनि प्रकारको गम्भिर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको अवस्था ठीक भएपछि यो खोप लगाउन हुन्छ ।

Bleeding disorders, Coagulation disorders, Clotting factor deficiency, Coagulopathy, Platelet disorders, Anticoagulation therapy का व्यक्तिलाई यो खोप दिन सकिन्छ तर त्यस्ता व्यक्तिलाई विशेष निगरानीको जरुरी हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...