News Portal

रेडियो सुन्नुहोस्

जिल्लाभर ५ वर्ष देखि ११ वर्ष सम्मका बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिइदै

झुलेनी नेटवर्क२०७९ भाद्र २, प्यूठान
७०५ पटक
२०७९ भाद्र २, प्यूठान

बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर–बायोएनटेक खोप दिईने भएको छ । विहीबार स्वास्थ्य कार्यलय प्यूठानले जिल्लाका संचारकर्मीहरुसगँको अन्तक्रिया कार्यक्रम मार्फत भदौ ५ गतेदेखी कोभिड –१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ वर्ष देखी ११ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको जनाएको छ ।

जिल्लाका ३८ हजार ४ सय ९४ जना लक्षित वर्गका बालबालिकालाई बायोएनटेक खोप दिइदै छ । स्वास्थ्य कार्यालय प्यूठानको निर्देशनअनुसार जिल्लाका नौ वटै स्थानीय तहहरुले भदौ ५ गते देखी ११ गते सम्म एकै चरणमा खोप अभियान चलाउँदै छन् ।

प्रत्येक स्थानीय तहका ३ सय ७८ वटा खोप केन्द्रबाट वडाका विद्यालय तथा स्वास्थ्य संस्थाबाट दिइने जनाइएको छ । खोप अभियानका लागि जिल्लाभर ५ सय ९ जना स्वास्थ्यकर्मी र १ हजार १८ जना स्वंयसेवक खटाइने स्वास्थ्य कार्यालय प्यूठानले कार्यक्रम मार्फत जानकारी गराएको छ ।

५ वर्ष देखी १२ वर्ष मुनिका बालबालिकाहरुलाई दिइने फाइजर बायोएनटेक खोप सुन्तला रगंको बिर्कोले चिनाईएको छ । खोप दिनु अघि खोपको भायलमा घोलकको १.३ मि.लि. मात्रा घोलेर खोप दिइने बताइएको छ । घोलक घोली सकेपछि अधिक्तम ६ घण्टा भित्र खोप दिइसक्नु पर्ने छ ।

खोपको अवधि सो खोप लिईएको २१ दिन पछि दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताए । देशभरका ३९ लाख ९५ हजार ८ सय ६८ जना लक्षित समुहका बालबालिकालाई यो खोप दिइने छ । याे खाेपकाे प्रभावकारिता ९१ प्रतिशत रहेकाे अध्ययनले देखाएकाे छ ।

बायोएनटेक खोप तत्काल लगाउन नहुने अवस्था :

Immunoglobulin/Monoclonal antibodies/Convalescent Plasma उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन हुन्छ ।

कोमिड-१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउनु हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ ।

कुनै पनि प्रकारको गम्भिर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको अवस्था ठीक भएपछि यो खोप लगाउन हुन्छ ।

Bleeding disorders, Coagulation disorders, Clotting factor deficiency, Coagulopathy, Platelet disorders, Anticoagulation therapy का व्यक्तिलाई यो खोप दिन सकिन्छ तर त्यस्ता व्यक्तिलाई विशेष निगरानीको जरुरी हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...