News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कति जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाए ?

झुलेनी पोष्ट२०७९ भदौ, २३ प्यूठान
२२२७ पटक
२०७९ भदौ, २३ प्यूठान

स्थानीय तहको निर्वाचन भएको करिब ५ महिना वितिसक्दा समेत प्यूठानका ७सय९० जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाभरबाट ९सय२१ जना उम्मेदवारहरुमध्ये ७सय९०जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिए ।

उनका अनुसार ३१ जना उम्मेदवारहरुले खर्च विवरण समयमै पेश गरेको र १सय जनाले विलम्ब पेश गरेका थिए ।

निर्वाचन आयोगले बैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा खर्च विवरण बुझाउन भनेतापनि ३१ जनाले मात्र समयमा खर्च विवरण पेश गरेको निर्वाचन अधिकारी पाठकले बताए ।

त्यस पश्चात आयोगले फेरि सुचना निकाल्दै खर्च विवरण पेश नगरेका उम्मेदवारहरुलाई स्पष्टीकरण बुझाउन भनेको थियो । सोहीअनुसार जिल्लाका ५सय ९९ जनाले स्पष्टीकरण पेश गरेका छन् । बाँकी १सय९१ जना उम्मेदवारहरुले कुनै पनि स्पष्टीकरण दिएका छैनन् । निर्वाचन आयोगले विहिवार पुनह् सुचना जारी गर्दै तोकिएको समयभित्र खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई ७ दिन भित्रमा सफाई सहितको स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार, वडा अध्यक्ष लगाएतले २ लाख र अन्यले १ लाख ५० हजार सम्म निर्वाचन प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...