News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कति जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाए ?

झुलेनी पोष्ट२०७९ भदौ, २३ प्यूठान
१९८० पटक
२०७९ भदौ, २३ प्यूठान

स्थानीय तहको निर्वाचन भएको करिब ५ महिना वितिसक्दा समेत प्यूठानका ७सय९० जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्लाभरबाट ९सय२१ जना उम्मेदवारहरुमध्ये ७सय९०जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिए ।

उनका अनुसार ३१ जना उम्मेदवारहरुले खर्च विवरण समयमै पेश गरेको र १सय जनाले विलम्ब पेश गरेका थिए ।

निर्वाचन आयोगले बैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा खर्च विवरण बुझाउन भनेतापनि ३१ जनाले मात्र समयमा खर्च विवरण पेश गरेको निर्वाचन अधिकारी पाठकले बताए ।

त्यस पश्चात आयोगले फेरि सुचना निकाल्दै खर्च विवरण पेश नगरेका उम्मेदवारहरुलाई स्पष्टीकरण बुझाउन भनेको थियो । सोहीअनुसार जिल्लाका ५सय ९९ जनाले स्पष्टीकरण पेश गरेका छन् । बाँकी १सय९१ जना उम्मेदवारहरुले कुनै पनि स्पष्टीकरण दिएका छैनन् । निर्वाचन आयोगले विहिवार पुनह् सुचना जारी गर्दै तोकिएको समयभित्र खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई ७ दिन भित्रमा सफाई सहितको स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार, वडा अध्यक्ष लगाएतले २ लाख र अन्यले १ लाख ५० हजार सम्म निर्वाचन प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...