News Portal

रेडियो सुन्नुहोस्

मसालले दक्षिणपन्थी बाटो समात्योः भण्डारी ( भिडियाे सहित)

मधुसुदन पाेख्रेलकार्तिक २४
११५३ पटक
कार्तिक २४

प्युठान ,  नेपाल कम्युसिनस्ट पार्टी(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले मोहोनबिक्रम सिंहले एक्लौटी तरिकारले पार्टी चलाउन थालेपछि नयाँ पार्टी नेपाल कम्युसिनस्ट पार्टी(मशाल)जन्माउन परेको बताएका छन् । आज(बिहिबार) प्यूठानको नयाँबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा भण्डारीले आफूहरुले आठौ महाधिवेशनमा फरक मत राख्दा बित्तिकै पार्टीबाट निकाश्न गर्ने काम नेतृत्वबाट भएको बताए । ‘आठौं महाधिवेशनले दक्षिणपन्थी बाटो समातेपछि त्यसलाई सच्चाउन हामीले तात्कालिन पार्टी नेतृत्वसित विशेष महाधिवेशनको माग गरेका थियौं,’उनले भने, ‘तर नेतृत्वले हाम्रो मागलाइ लत्याइयो ।’
आठौ महाधिवेशनमा पार्टी नेतृत्वले निर्वाचनलाइ मुख्य कार्यदिशा बनाएपछि आफूहरुले फरक मत राख्न परेको भण्डारीको भनाइ छ । आफूहरुले सातौं महाधिवेशनको क्रान्तिकारी कार्यदिशाको निरन्तरता, रक्षा र विकासलाई अगाडि बढाएको उनले बताएं । त्यो कार्यदिशालाई तात्कालिन नेतृत्वले छाडिसकेको हुनाले क्रान्तिकारी मूलधारलाई समेटेर नयाँ पार्टी निर्माणा गरेको उनले बताए । मोहोनबिक्रम मूलधारबाट विचलित भएर दक्षिणपन्थी विसर्जनवादको बाटो समातेको उनको आरोप थियो । जनतालाइ आवश्यक नभएको संघियता खारेज गरिएन भने देश विदेशी रिणले डुब्दै जाने भएकाले संघियता खारेज हुनुपर्ने बताए । दलाल पुजीवादलाइ प्रहार गर्नका लागि मंसिर ४ मा हुने संसदिय निर्वाचनलाइ बहिस्कार गर्न आफ्नो पार्टीले जनतालाइ अपिल गर्दै घरदैलो गरिरहेको बताए ।                https://youtu.be/4GN64NZzjG8

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...