News Portal

रेडियो सुन्नुहोस्

लगानीको अभावले सामुदायिक घरबास कार्यक्रम प्रभावकारी भएन

सिखबर संवाददाताप्यूठान चैत्र/प्युठान
८४४ पटक
प्यूठान चैत्र/प्युठान

घरवास कार्यक्रम (होम स्टेहरु) लगानीको अभावमा सुनसान बन्दै गएका छन् ।

जिल्लाका केही पर्यटकिय क्षेत्रहरु धनवाङ, ओखरकोट, दिहाल्नामा रहेका होम स्टे तथा गौमुखी क्षेत्रमा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘होम स्टे’ सञ्चालन गर्ने तयारी थालीए पनि अहिले ती होम स्टेहरु सञ्चालनमा आउन सकेका छैनन् । सरोकारवालाहरुको केवल मौसमी हल्लाले पर्यटन क्षेत्रमा गरिएका लगानी बालुवामा पानी जस्तै भएका छन् ।
पर्याप्त संभावना रहेको प्यूठानको पर्यटन क्षेत्रको विकासमा केन्द्रित भै धनवाङमा रहेको होम स्टेमा शूरुको बर्षमा ५०० पर्यटकहरु भित्रिएता पनि अहिलेको बर्ष पर्यटकहरु आउन नसकेको स्वर्गद्धारी धनवाङमा होम स्टे सञ्चालन गरेका मिन बहादुर रानाले बताए । उनले भने “बर्षायाममा सडक सञ्जालको विस्तार नहुनु तथा प्रसार प्रसारमा समेत पर्याप्त ध्यान दिन नसक्नुले होम स्टेहरु नारामा सिमित हुन पुगेको छ।” भजन किर्तन, विभिन्न साँस्कृति झल्कने खालका नाच, गितहरु देखाएर पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्ने वुढा पाकाहरुबाट युवाहरुले नसिक्दा लोभ हुने खतरा त छदैछ अझ निरन्तर रुपमा पर्यटकहरु भित्राउन नसक्दा होम स्टे सञ्चालकहरु चिन्तित बनेका छन् ।

शुरुमा ‘पर्यटन प्रवद्र्धनबाट सिङ्गो गाउँको मुहार फेर्ने लक्ष्य रहेकोे बताउदै आएका ओखरकोट पर्यटन विकास तथा सेवा समितिका सदस्य तथा ‘होम स्टे’ सञ्चालक राजेन्द्र जिसीले उचित प्रचारप्रसारको अभावले ओझेलमा परेको उनको भनाई छ । ओखरकोट र चौकेमा गरी १५ घरमा सञ्चालन भएको होम स्टेमा गत बर्ष जर्मन, इराक, फ्रान्सबाट समेत अवलोकन गर्न आएका थिए तर पछिल्लो बर्ष होम स्टे एक जना पनि भित्राउन नसकिएको जिसीले बताए ।

होम स्टेमा आर्कषण ल्याउन स्थानीय अन्न वालीबाट निर्मित ढिडो, सिस्नु, भेज ममः, मकै, गहूँवाट, फापरबाट निर्मित रोटी खुवाएर भोजन र शोरठी, भजन, नेपाली लाके संस्कृति , नेपाली पञ्चेवाजामा मनोरञ्जन जस्ता ब्यबस्था त गरिएको छ तर पर्यटकहरु आउन नसक्दा होम स्टेहरु सुनसान रहेको जि.सी.को भनाई छ ।

बर्षेनी प्यूठानका ग्रामीण बस्ती, ग्रामीण चालचलन, रितिरिवाज, भेषाभुषा, भाषा संस्कृति संरक्षण गर्न सरकारको पहलकदमी नबढ्नुले थप पर्यटकहरु भित्राउन नसकिएको स्थानीयहरुले बताउछन् । पर्यटकिय क्षेत्रको लगानीमा प्रचारप्रसार भन्दा मोटरबाटो भए विकास हुन्छ भन्ने मानसिकताले थप घरबास कार्यक्रम प्रभावकारी नभएको उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...