News Portal

रेडियो सुन्नुहोस्

लगानीको अभावले सामुदायिक घरबास कार्यक्रम प्रभावकारी भएन

सिखबर संवाददाताप्यूठान चैत्र/प्युठान
१६२१ पटक
प्यूठान चैत्र/प्युठान

घरवास कार्यक्रम (होम स्टेहरु) लगानीको अभावमा सुनसान बन्दै गएका छन् ।

जिल्लाका केही पर्यटकिय क्षेत्रहरु धनवाङ, ओखरकोट, दिहाल्नामा रहेका होम स्टे तथा गौमुखी क्षेत्रमा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘होम स्टे’ सञ्चालन गर्ने तयारी थालीए पनि अहिले ती होम स्टेहरु सञ्चालनमा आउन सकेका छैनन् । सरोकारवालाहरुको केवल मौसमी हल्लाले पर्यटन क्षेत्रमा गरिएका लगानी बालुवामा पानी जस्तै भएका छन् ।
पर्याप्त संभावना रहेको प्यूठानको पर्यटन क्षेत्रको विकासमा केन्द्रित भै धनवाङमा रहेको होम स्टेमा शूरुको बर्षमा ५०० पर्यटकहरु भित्रिएता पनि अहिलेको बर्ष पर्यटकहरु आउन नसकेको स्वर्गद्धारी धनवाङमा होम स्टे सञ्चालन गरेका मिन बहादुर रानाले बताए । उनले भने “बर्षायाममा सडक सञ्जालको विस्तार नहुनु तथा प्रसार प्रसारमा समेत पर्याप्त ध्यान दिन नसक्नुले होम स्टेहरु नारामा सिमित हुन पुगेको छ।” भजन किर्तन, विभिन्न साँस्कृति झल्कने खालका नाच, गितहरु देखाएर पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्ने वुढा पाकाहरुबाट युवाहरुले नसिक्दा लोभ हुने खतरा त छदैछ अझ निरन्तर रुपमा पर्यटकहरु भित्राउन नसक्दा होम स्टे सञ्चालकहरु चिन्तित बनेका छन् ।

शुरुमा ‘पर्यटन प्रवद्र्धनबाट सिङ्गो गाउँको मुहार फेर्ने लक्ष्य रहेकोे बताउदै आएका ओखरकोट पर्यटन विकास तथा सेवा समितिका सदस्य तथा ‘होम स्टे’ सञ्चालक राजेन्द्र जिसीले उचित प्रचारप्रसारको अभावले ओझेलमा परेको उनको भनाई छ । ओखरकोट र चौकेमा गरी १५ घरमा सञ्चालन भएको होम स्टेमा गत बर्ष जर्मन, इराक, फ्रान्सबाट समेत अवलोकन गर्न आएका थिए तर पछिल्लो बर्ष होम स्टे एक जना पनि भित्राउन नसकिएको जिसीले बताए ।

होम स्टेमा आर्कषण ल्याउन स्थानीय अन्न वालीबाट निर्मित ढिडो, सिस्नु, भेज ममः, मकै, गहूँवाट, फापरबाट निर्मित रोटी खुवाएर भोजन र शोरठी, भजन, नेपाली लाके संस्कृति , नेपाली पञ्चेवाजामा मनोरञ्जन जस्ता ब्यबस्था त गरिएको छ तर पर्यटकहरु आउन नसक्दा होम स्टेहरु सुनसान रहेको जि.सी.को भनाई छ ।

बर्षेनी प्यूठानका ग्रामीण बस्ती, ग्रामीण चालचलन, रितिरिवाज, भेषाभुषा, भाषा संस्कृति संरक्षण गर्न सरकारको पहलकदमी नबढ्नुले थप पर्यटकहरु भित्राउन नसकिएको स्थानीयहरुले बताउछन् । पर्यटकिय क्षेत्रको लगानीमा प्रचारप्रसार भन्दा मोटरबाटो भए विकास हुन्छ भन्ने मानसिकताले थप घरबास कार्यक्रम प्रभावकारी नभएको उनीहरुको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...