News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेतृत्वको नेकपाका नेता शिलु र आजाद रिहा, प्रकाण्डको भने पेसि सर्यो

सिखबर संवाददाताअसोज ७, काठमाडौँ
१३२३ पटक
असोज ७, काठमाडौँ

काठमाडौँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस गर्दै सर्वोच्च अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको थियो । यसअघि उनीहरुलाई अदालतकै गेटबाटै प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।

भुजेलका भाई पदमबहादुर भुजेल र केसीकी श्रीमती सीमा केसीले बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।

रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।

भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको थियो ।

दुवैजनाको रिटमाथि बहस गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न आदेश दिएको हो ।

भुजेल र आजादको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दुबै नेता सुरक्षित रुपमा आफन्तको सम्पर्कमा पुगेको बताएका छन्

आज रिहाइ हुने भनिए पनि नेकपाका प्रवक्ता प्रकाण्डको सर्बोच्चको पेशि स्थगित भएको छ ,पर्सि मात्रै पेशि हुने वताईएको छ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...