News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेतृत्वको नेकपाका नेता शिलु र आजाद रिहा, प्रकाण्डको भने पेसि सर्यो

सिखबर संवाददाताअसोज ७, काठमाडौँ
२०७३ पटक
असोज ७, काठमाडौँ

काठमाडौँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस गर्दै सर्वोच्च अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको थियो । यसअघि उनीहरुलाई अदालतकै गेटबाटै प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।

भुजेलका भाई पदमबहादुर भुजेल र केसीकी श्रीमती सीमा केसीले बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।

रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।

भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको थियो ।

दुवैजनाको रिटमाथि बहस गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न आदेश दिएको हो ।

भुजेल र आजादको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दुबै नेता सुरक्षित रुपमा आफन्तको सम्पर्कमा पुगेको बताएका छन्

आज रिहाइ हुने भनिए पनि नेकपाका प्रवक्ता प्रकाण्डको सर्बोच्चको पेशि स्थगित भएको छ ,पर्सि मात्रै पेशि हुने वताईएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...