News Portal

रेडियो सुन्नुहोस्

नगर उज्यालो बनाउन ९६ वटा सड्कवत्ति जडान

सागर रिजाल२६ मंसिर, प्युठान
१५६१ पटक
२६ मंसिर, प्युठान

प्युठान नगरपालिका क्षेत्रभित्र ९६ वटा सडक बत्ति जडान गरिएको छ । नगरक्षेत्रलाई उज्यालो बनाउने अभियानका साथ सडकवत्ति जडान गरिएको हो । नगरपालिकाका १० वडा कार्यालयको छेउछाउ, विद्यालयको नजिक, बजारक्षेत्र, दुर्घटना हुने क्षेत्रमा सडक बत्ति जडान गरिएको प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन पूर्व उपभोक्ता समिति मार्फत २८ वटा जडान गरिएको थियो । निर्वाचन पश्चात आर्थिक वर्ष ०७४/०७५ मा ३९ लाख ५२ हजार लागतमा ३८ वटा र आर्थिक वर्ष ०७५/०७६ मा २५ लाख ९० हजार ४ सय २५ रुपियाँ लागतमा ३० वटा सडक बत्ति जडान गरिएको नगरउपप्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘नगरलाई उज्यालो बनाउन यो अभियानको सञ्चालन गरेका हौँ । ’ नगरक्षेत्रका सबै वडामा सड्कवत्ति जडान गरेको उहाँले बताउनुभयो ।

मंगलबार नगरपालिका क्षेत्रमा जडान गरिएका सड्क बक्तिको अनुगमन गरिएको छ । प्युठान नगरपालिका प्युठानका उपमेयर शान्ता आचार्यको नेतृत्वमा नगर क्षेत्र भित्र जडान गरिएको सडक बत्तीको अनुगमन गरिएको हो । नगरक्षेत्र भित्रका वडा नंम्बर १ देखी १० नंम्बर वडा भित्र बले नबलेको जानकारी लिन र नबोलेको ठाउँमा मर्मत गर्ने उदेश्यले अनुगमन गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

नगर क्षेत्र भित्र स्थानिय तहको निर्वाचन हुनुपूर्व जडान गरिएका २८ र निर्वाचन पश्चात ०७४/०७५ मा जडान गरिएका ३८ वटा सड्क बत्ति को अनुगमन गरिएको हो । यी मध्य नगरक्षेत्रभित्र निर्वाचन पूर्व जोडिएका २८ वटा सडक बत्ती मध्ये ४ वटा बत्तीहरूमा नबोल्ने समस्या देखिएको छ । त्यस्तै अन्य कतिपयमा आंशिक समस्या देखिएको छ । नगरपालिका– ५ ढुङ्गेठाटी बजारका २ वटा बत्ती, इन्द्रेडाँडा र खैराको एक एक वटा गरि ४ वटा बत्ती नबोल्ने समस्या देखिएको हो । धुलाको करण, सोलारलाई आवश्यक्ता अनुसार घाम, सुर्यको प्रकाश नपर्दा बत्ती नबोल्ने समस्या देखिएको प्राविधिक हेमराज भण्डारीले बताए ।

सोलारको बोर्डमा कम्तीमा पनि ६ घण्टा घाम पर्नु बताउदै आगामी दिनमा उपयुक्त ठाउँ चयन गरेर मात्रै सोलार जडान गर्नु पर्ने बताउनुभयो । नगर पालिकाको पुरानो संरचनामा जडान भएका २८ वटा मध्य विग्रिएका सड्क बत्ति मर्मतका लागि ३ लाख ८४ हजार ७ सय २ रुपियाँ बजेट विनियोजन गरिएको नगरउपप्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘मर्मतका लागि छुट्टाएको रकमबाट विग्रीएका बत्तिको मर्मत गर्ने भनेका छौँ । ’ नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा जडान भएका ३० वटा सड्क बत्तिको नगरप्रमुख अर्जुन कुमार कक्षपतिको नेतृत्वमा अनुगन गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...