News Portal

रेडियो सुन्नुहोस्

नगर उज्यालो बनाउन ९६ वटा सड्कवत्ति जडान

सागर रिजाल२६ मंसिर, प्युठान
१४८६ पटक
२६ मंसिर, प्युठान

प्युठान नगरपालिका क्षेत्रभित्र ९६ वटा सडक बत्ति जडान गरिएको छ । नगरक्षेत्रलाई उज्यालो बनाउने अभियानका साथ सडकवत्ति जडान गरिएको हो । नगरपालिकाका १० वडा कार्यालयको छेउछाउ, विद्यालयको नजिक, बजारक्षेत्र, दुर्घटना हुने क्षेत्रमा सडक बत्ति जडान गरिएको प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन पूर्व उपभोक्ता समिति मार्फत २८ वटा जडान गरिएको थियो । निर्वाचन पश्चात आर्थिक वर्ष ०७४/०७५ मा ३९ लाख ५२ हजार लागतमा ३८ वटा र आर्थिक वर्ष ०७५/०७६ मा २५ लाख ९० हजार ४ सय २५ रुपियाँ लागतमा ३० वटा सडक बत्ति जडान गरिएको नगरउपप्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘नगरलाई उज्यालो बनाउन यो अभियानको सञ्चालन गरेका हौँ । ’ नगरक्षेत्रका सबै वडामा सड्कवत्ति जडान गरेको उहाँले बताउनुभयो ।

मंगलबार नगरपालिका क्षेत्रमा जडान गरिएका सड्क बक्तिको अनुगमन गरिएको छ । प्युठान नगरपालिका प्युठानका उपमेयर शान्ता आचार्यको नेतृत्वमा नगर क्षेत्र भित्र जडान गरिएको सडक बत्तीको अनुगमन गरिएको हो । नगरक्षेत्र भित्रका वडा नंम्बर १ देखी १० नंम्बर वडा भित्र बले नबलेको जानकारी लिन र नबोलेको ठाउँमा मर्मत गर्ने उदेश्यले अनुगमन गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

नगर क्षेत्र भित्र स्थानिय तहको निर्वाचन हुनुपूर्व जडान गरिएका २८ र निर्वाचन पश्चात ०७४/०७५ मा जडान गरिएका ३८ वटा सड्क बत्ति को अनुगमन गरिएको हो । यी मध्य नगरक्षेत्रभित्र निर्वाचन पूर्व जोडिएका २८ वटा सडक बत्ती मध्ये ४ वटा बत्तीहरूमा नबोल्ने समस्या देखिएको छ । त्यस्तै अन्य कतिपयमा आंशिक समस्या देखिएको छ । नगरपालिका– ५ ढुङ्गेठाटी बजारका २ वटा बत्ती, इन्द्रेडाँडा र खैराको एक एक वटा गरि ४ वटा बत्ती नबोल्ने समस्या देखिएको हो । धुलाको करण, सोलारलाई आवश्यक्ता अनुसार घाम, सुर्यको प्रकाश नपर्दा बत्ती नबोल्ने समस्या देखिएको प्राविधिक हेमराज भण्डारीले बताए ।

सोलारको बोर्डमा कम्तीमा पनि ६ घण्टा घाम पर्नु बताउदै आगामी दिनमा उपयुक्त ठाउँ चयन गरेर मात्रै सोलार जडान गर्नु पर्ने बताउनुभयो । नगर पालिकाको पुरानो संरचनामा जडान भएका २८ वटा मध्य विग्रिएका सड्क बत्ति मर्मतका लागि ३ लाख ८४ हजार ७ सय २ रुपियाँ बजेट विनियोजन गरिएको नगरउपप्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘मर्मतका लागि छुट्टाएको रकमबाट विग्रीएका बत्तिको मर्मत गर्ने भनेका छौँ । ’ नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा जडान भएका ३० वटा सड्क बत्तिको नगरप्रमुख अर्जुन कुमार कक्षपतिको नेतृत्वमा अनुगन गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...