News Portal

रेडियो सुन्नुहोस्

ऐरावती गाउपालिका‐३ काउलेका अग्नीपिडतलाई राहत प्रदान

सागर रिजालप्युठान,१२ पुस ।
१४६५ पटक
प्युठान,१२ पुस ।

ऐरावती गाउपालिका‐३ काउलेमा भएको आगलागीका पिडितलाई बुधवार राहत प्रदान गरिएको छ । ऐरावती गाउँपालिका,जिल्ला प्रशासन कार्यालय , नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्यसंघ प्युठानले राहत वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय प्युठानले आगलागी पीडित प्रत्येक परिवारलाई दैविक उद्धार कोषबाट १०÷१० हजार आर्थिक सहयोग गरेको हो । रेडक्रस र प्युठान उद्योग बाणिज्य संघले आगलागीपीडित प्रत्येक परिवारलाई भाँडाकुँडा सेट, कपडा, कम्वल, त्रिपाल, दाल,चिनी,नुन चामल लगायतका राहत सामाग्री घरमै पुगेर बितरण गरेको छ । ऐरावती गाउँपालिकाले अग्नीपिडीतलाई २५ के.जी चामलका ५ बोरा, प्रत्येक घरपरिवारलाई २÷२ केजी दाल प्रदान गरिएको थियो ।
३ दर्जन वढी सदस्य घरवारविहिन
मंगलवार साझ भएको आगलागीले काउले गाउँको ५ घरधुरीका ३ दर्जन बढी सदस्य घरबार विहिन बनेका छन् । आगलागीबाट घरमा भएको सम्पूर्ण धनमाल जलेर खरानी भए पछि अहिले त्यहाँका पिडितहरु छिमेकीको घरमा बस्न बाध्य भएका भएका हुन् । स्थानिय तिले,रमेश,लाली,लंक र रुम बहादुर सार्किको घरमा आगलागी हुँदा झण्डै बीस लाख बराबरको धनमाल जलेर नष्ट्र भएको प्रहरीले बताएको छ । आगलागीबाट एउटा ब्याउने भैंसी सहित ३ वटा बाख्रा समेत मरेको स्थानियले बताएका छन । थुप्रै पशुचौपाया घाईते छन ।
पिडीतलाई काग्रेसको पनि सहयोग
काउलेका अग्नीपिडतलाई नेपाली काग्रेसका नेता गोबिन्द्रराज पोख्रेलले १÷१ थान कम्बल प्रदान गर्दै ४५ दिनभित्र आगलागी पिडित प्रती घर परिवारलाई २÷२ बण्डल जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
पिडितलाई राहत लगेर प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे,तीन वटै सुरक्षा निकायका प्रमुख, रेडक्रस जिल्ला शाखाका मन्त्री, उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष गएका थिए । राहत बितरण गर्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले स्थानिय सरकारसंग समन्वय गरि पिडित परिवारलाई थप राहत उपलब्ध गराईने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...