News Portal

रेडियो सुन्नुहोस्

नेकपा नेता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले टास्यो पक्राउपुर्जी

सिखबर संवाददातापाैष १३ काठमाडौँ
१३९४ पटक
पाैष १३ काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ ।

प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले बिहिबार नै प्रकाउपुर्जी बोकेर घरमा टास्न आएको थियो । तर स्थायीले उनको घरमा पुर्जी टास्न नदिएपछि नजिकैको सार्बजनिक स्थानमा टासेर प्रहरी फर्केको हो ।

प्रहरीले संखुवासभा जिल्ला अदालात चैनपुर र जिल्ला अदालत उदयपुरले जारी गरेको ३५ दिने पक्राउपुर्जी लिएर प्रकाण्डको घरमा टास्न आएको पारिवारिक श्रोतले जनाएको छ ।

यसपछि प्रवक्ता प्रकाण्डलाई प्रहरीले गत साउनमा गिरफ्तार गरेर ५० दिन हिरासतमा राखेर रिहा गरेको थियो । प्रकाण्डलाई गिरफ्तार गरेपछि प्रहरीले देशका विभन्न जिल्लामा डुलाउदै मुद्दा चलाउन खोजेको थियो तर सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएपछि उनलाई छोडिएको थियो ।

त्यतिबेला प्रकाण्डलाई काभ्रे, नुवाकोट, दाङलगायतका जिल्लामा लिएर अनुसन्धान गर्दै हिरासतमा राखेर दुख दिने काम गरेको थियो । उनको गिरफ्तारीविरुद्ध परिवारका सदस्यहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि पटक-पटक बहस गर्दै रिहा गर्न आदेश दिइएको थियो तर प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गर्ने गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...