News Portal

रेडियो सुन्नुहोस्

नेकपा नेता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले टास्यो पक्राउपुर्जी

सिखबर संवाददातापाैष १३ काठमाडौँ
१५५१ पटक
पाैष १३ काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ ।

प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले बिहिबार नै प्रकाउपुर्जी बोकेर घरमा टास्न आएको थियो । तर स्थायीले उनको घरमा पुर्जी टास्न नदिएपछि नजिकैको सार्बजनिक स्थानमा टासेर प्रहरी फर्केको हो ।

प्रहरीले संखुवासभा जिल्ला अदालात चैनपुर र जिल्ला अदालत उदयपुरले जारी गरेको ३५ दिने पक्राउपुर्जी लिएर प्रकाण्डको घरमा टास्न आएको पारिवारिक श्रोतले जनाएको छ ।

यसपछि प्रवक्ता प्रकाण्डलाई प्रहरीले गत साउनमा गिरफ्तार गरेर ५० दिन हिरासतमा राखेर रिहा गरेको थियो । प्रकाण्डलाई गिरफ्तार गरेपछि प्रहरीले देशका विभन्न जिल्लामा डुलाउदै मुद्दा चलाउन खोजेको थियो तर सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएपछि उनलाई छोडिएको थियो ।

त्यतिबेला प्रकाण्डलाई काभ्रे, नुवाकोट, दाङलगायतका जिल्लामा लिएर अनुसन्धान गर्दै हिरासतमा राखेर दुख दिने काम गरेको थियो । उनको गिरफ्तारीविरुद्ध परिवारका सदस्यहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि पटक-पटक बहस गर्दै रिहा गर्न आदेश दिइएको थियो तर प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गर्ने गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...