News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर ९ आइतवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर ९
१०७० पटक
२०८१ मंसिर ९

मेष

आजको दिन व्यापारमा लाभ मिल्नेछ। घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सक्नुहुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कसैसँगपनि निभाउन नसकिने वाचा नगर्नुहोला।

वृष

व्यापारमा हानि हुने सम्भावना छ। आमाको स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। मार्केटिङ क्षेत्रमा जोखिम लिनबाट बच्नुहोस्।

मिथुन
कार्यक्षेत्रमा हजुरको ज्ञान र अनुभवको प्रशंसा हुनेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राख्नुहोस्। आफन्तहरूबाट शुभ सूचना मिल्नेछ।

कर्कट
आजको दिन ऊर्जावान महसुस हुनेछ। आर्थिक कारोबार मजबुत रहनेछ। व्यापार व्यवसायमा नयाँ काम हात लागि पर्नेछ। कार्यक्षेत्रमा हजुरको सल्लाहको मान दिइनेछ।

सिंह

पद प्रतिष्ठामा वृद्धि हुनेछ। ससुराली पक्षबाट लाभ र सहयोग मिल्नेछ। नयाँ व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। धर्मकर्म दान पुण्यमा पनि मन लाग्नेछ। प्रेम सम्बन्धमा पायक पर्ने ठाउँमा यात्रा हुन सक्छ।

कन्या

विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ साथै उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। आफन्तहरुसँग धनको लेनदेनमा सावधानी राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोस्।

तुला

कार्यक्षेत्रमा मित्रहरूको सहयोगबाट अग्रिम कार्यसम्पादन हुनेछ। शेयर मार्केटमा पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार रहनेछ।

वृश्चिक

आज बोली र व्यवहारमा धैर्य राख्नुपर्ने हुन्छ िकार्यक्षेत्रमा महत्त्वपूर्ण अवसरहरू हजुरको पक्षमा आउनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ।

धनु
समाजमा विशिष्ट मान्छेको सहयोगले अप्रत्याशित लाभ हुनेछ। मनमा उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूद्वारा नयाँ जिम्मेवारी मिल्नेछ।

मकर

कार्यक्षेत्रमा लिएको जिम्मेवारीलाई ईमान्दारी पूर्वक निभाउनुहोस्। अरुको भरोसामा कार्यलाई अपूर्ण नछोड्नुहोस्। व्यापार व्यवसायमा नयाँ स्रोतहरू बढ्नेछन्।

कुम्भ

कानुनी मुद्दा मामिलामा आज शुभ समाचार मिल्नेछ। नोकरी पेशामा प्रभाव बढ्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। अध्ययन तथा लेखनमा समय बित्नेछ। जीवनसाथीबाट उपहार मिल्नेछ।

मीन

छरछिमेकीसँग वादविवादमा नअल्झिनुहोस्। प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरुको साथ मिल्नेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्।

श्रोत: हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...