News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ

बोम बहादुर परियार२०८१ कार्तिक १२
११७४ पटक
२०८१ कार्तिक १२

अरिङ्गालले लखेट्दा लडेर खुट्टा भाँचिएकी ऐरावतकी गाउँपालिका ३ अर्जामकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ भएको छ ।

कार्तिक ८ गते साँझ पवित्रा गाउँमै क्रिकेट खेल हेर्न गएकी थिइन । सोही क्रममा अरिङ्गालले लखेट्दा भाग्ने क्रममा लडेर उनको दायाँ खुट्टा भाँचिएको थियो । आर्थिक अभावका कारण उनको उपचार खर्च तिर्न कठिनाइ भएको उनका आफन्त प्रमेस परियारले बताए ।

बालिकाको दायाँ खुट्टाको गोलिगाँठो भन्दा माथिको भागमा २ ठाउँबाट भाँचिएको उपचारमा संलग्न हाड जोर्नी तथा नसा रोग विशेषज्ञ चिकित्सक मदन ज्ञवालीले बताए । हाल बालिकालाई बुटवलको चौराहा अस्पतालमा राखिएको छ । बुवा गुमाएकी पवित्राको आइतबार खुट्टाको अपरेसन गरी रड राखिएको हो ।

उनको उपचार खर्च १ लाख भन्दा बढी आएको अस्पताल श्रोतले जनाएको छ । उक्त रकम नभएपछि परिवारले सहयोगको याचना गरेका छन् । पैसा नहुँदा अस्पतालसँग उधारो राखेर उपचार गरिएको परिवारले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकी पवित्राको घरमा एक्ली आमा छिन । उनका एउटा दाइ बुवाको मृत्यु भएपछि लागेको ऋण तिर्न भारतमा काम गर्न गएको परिवारले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...