News Portal

रेडियो सुन्नुहोस्

मत भोली गैहाल्छु लाहुर सररर गोरकपुर रेलैमा साच्चिकै मन बहकाउने गीत हेर्नुहोस भिडियो सहित !

गोविन्द विश्वकर्मा
१९९७ पटक

खेम सेञ्चुरी पछिल्लो समय लोकदोहोरी गीत संगीतले माैलिकताको अपेक्षा गरेको एउटा उदाउँदो ताराको रूपमा स्थापित नाम हो । विगत केही वर्ष देखि निरन्तर उहा गीत संगीतमा अहोरात्र खटिरहनु भएको छ ।

अधिकांश सृजनाहरूमा दर्शक श्रोताका निम्ति माैलिकता र सरलता पस्कन माहिर उनै गायक एवम् सर्जक खेम सेञचुरीको स्वर एवम् सृजनामा नयाँ गीत “लाहुर” बजारमा सार्वजनिक भएको छ ।

सञ्जु न्याैपानेको प्रस्तुतिमा आएको यस गीतमा स्वर शब्द लय खेम सेञ्चुरीको रहेको छ भने, स्वरमा सञ्जु न्याैपानेले साथ दिनुभएको छ, अतिनै माैलिक धरातलमा आधारित रहेर तयार पारिएको यस गीतले केही दशक अगाडि रेडियो नेपालमा, क्यासेट प्लेर, टेप रेकर्डहरूमा बज्ने नारायण रायमाझी, बम बहादुर कार्की लगायतका अग्रज सर्जकहरूको झल्को दिलाएको छ ।

माैसमी हिमालीको निर्देश रहेको यस म्यूजिक भिडियो को छायांकन करण चैसिरले गर्नुभएको छ भने सम्पादन प्रविन भट्टले गर्नुभएको हो । म्यूजिक भिडियोमा खेम सेञ्चुरी, ओवी रायमाझी, बिनोद भण्डारी, सञ्जु न्याैपानेको अभिनय रहेको छ । गीतले सबैको मन जितोस् शुभकामना ।

पुरा भिडीयो हेर्नुहोस् .

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...