News Portal

रेडियो सुन्नुहोस्

मत भोली गैहाल्छु लाहुर सररर गोरकपुर रेलैमा साच्चिकै मन बहकाउने गीत हेर्नुहोस भिडियो सहित !

गोविन्द विश्वकर्मा
१८०२ पटक

खेम सेञ्चुरी पछिल्लो समय लोकदोहोरी गीत संगीतले माैलिकताको अपेक्षा गरेको एउटा उदाउँदो ताराको रूपमा स्थापित नाम हो । विगत केही वर्ष देखि निरन्तर उहा गीत संगीतमा अहोरात्र खटिरहनु भएको छ ।

अधिकांश सृजनाहरूमा दर्शक श्रोताका निम्ति माैलिकता र सरलता पस्कन माहिर उनै गायक एवम् सर्जक खेम सेञचुरीको स्वर एवम् सृजनामा नयाँ गीत “लाहुर” बजारमा सार्वजनिक भएको छ ।

सञ्जु न्याैपानेको प्रस्तुतिमा आएको यस गीतमा स्वर शब्द लय खेम सेञ्चुरीको रहेको छ भने, स्वरमा सञ्जु न्याैपानेले साथ दिनुभएको छ, अतिनै माैलिक धरातलमा आधारित रहेर तयार पारिएको यस गीतले केही दशक अगाडि रेडियो नेपालमा, क्यासेट प्लेर, टेप रेकर्डहरूमा बज्ने नारायण रायमाझी, बम बहादुर कार्की लगायतका अग्रज सर्जकहरूको झल्को दिलाएको छ ।

माैसमी हिमालीको निर्देश रहेको यस म्यूजिक भिडियो को छायांकन करण चैसिरले गर्नुभएको छ भने सम्पादन प्रविन भट्टले गर्नुभएको हो । म्यूजिक भिडियोमा खेम सेञ्चुरी, ओवी रायमाझी, बिनोद भण्डारी, सञ्जु न्याैपानेको अभिनय रहेको छ । गीतले सबैको मन जितोस् शुभकामना ।

पुरा भिडीयो हेर्नुहोस् .

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...