News Portal

रेडियो सुन्नुहोस्

लगडाउन अबधिभर भाडा नलिने उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष के.सीको घोषणा

संकटको बेला घोषणाले ब्यवसायी खुसी

सिखबर संवाददाताचैत्र १७ ,२०७६
१५२५ पटक
चैत्र १७ ,२०७६

प्यूठान, विश्वब्यापी रुपमा दिनप्रतिदिन फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले थप ८ दिन लगडाउन गर्ने निर्णय गरिरहेका बेला प्यूठान उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिजुवार जुम्री निवासी यक्ष बहादुर के.सी (प्रभात)ले सटर भाडा नलिने घोषणा गर्नुभएको छ
ब्यवसायी केसीले अहिले संसारभरी महाबिपत्ति आईपरेको र सटर भाडामा लिएर ब्यवसाय संचालन गर्नेहरुको ब्यवसाय संचालन नभएकोले आफुले थप मर्कामा नपार्ने उदेश्यले लगडाउन अबधिभर भाडा नलिने घोषणा गरेको बताउनुभयो। उहाँले भन्नुभयो –“म श्रमजीविहरुको अधिकारको पक्षमा लडेर आएको मान्छे हुँ उद्योग ब्यवसायीहरुको हक अधिकारको पक्षमा लड्ने भनेर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष भएको हुँ त्यसैले ब्यवसायी साथीहरुलाई मर्कामा पार्दैन र भाडा पनि लिदैन।”
गरिखाने बर्गको अधिकारको पक्षमा १० बर्षे जनयुद्धमा प्यूठानमा तत्कालिन माओबादीका कमाण्डर समेत रहेको के.सीले आफुले जहिले पनि श्रमजीवि गरिखाने बर्गमा पक्षमा वकालत गर्दै आएको बताए। प्रभात संगै उनकी श्रीमति राधा अधिकारी पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको जिल्ला सचिवालय सदस्य समेत छिन्। उनी पनि जनयुद्धमा भुमिगत जीवन बिताएकी थिईन्। जुम्रीबजार चोकमा रहेको केसीको घरमा ४ वटा सटरमा फेन्सी पसल , मोवाइल पसल ,जुत्ता पसल र सुनचाँदी पसल संचालनमा रहेका छन्।
केसीले भाडा नलिने भएपछि उनको घरभाडामा मोवाइल पसल संचालन गर्दै आएका माण्डवी गाउँपालिका वडा नम्बर १ निवासी मोहन बुवाले खुसी ब्यक्त गरे। उनले भने –“ ब्यवसाय ठप्प भएको बेला उहाँले भाडा नलिने भन्नुभयो असाध्यै खुसी लाग्यो।” नयाँबजार जुम्री निवासी के.सीले ४ वटा सटरहरुको मासिक ३० हजारका दरले भाडा बुझ्दै आएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...