News Portal

रेडियो सुन्नुहोस्

लगडाउन अबधिभर भाडा नलिने उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष के.सीको घोषणा

संकटको बेला घोषणाले ब्यवसायी खुसी

सिखबर संवाददाताचैत्र १७ ,२०७६
१६९० पटक
चैत्र १७ ,२०७६

प्यूठान, विश्वब्यापी रुपमा दिनप्रतिदिन फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले थप ८ दिन लगडाउन गर्ने निर्णय गरिरहेका बेला प्यूठान उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिजुवार जुम्री निवासी यक्ष बहादुर के.सी (प्रभात)ले सटर भाडा नलिने घोषणा गर्नुभएको छ
ब्यवसायी केसीले अहिले संसारभरी महाबिपत्ति आईपरेको र सटर भाडामा लिएर ब्यवसाय संचालन गर्नेहरुको ब्यवसाय संचालन नभएकोले आफुले थप मर्कामा नपार्ने उदेश्यले लगडाउन अबधिभर भाडा नलिने घोषणा गरेको बताउनुभयो। उहाँले भन्नुभयो –“म श्रमजीविहरुको अधिकारको पक्षमा लडेर आएको मान्छे हुँ उद्योग ब्यवसायीहरुको हक अधिकारको पक्षमा लड्ने भनेर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष भएको हुँ त्यसैले ब्यवसायी साथीहरुलाई मर्कामा पार्दैन र भाडा पनि लिदैन।”
गरिखाने बर्गको अधिकारको पक्षमा १० बर्षे जनयुद्धमा प्यूठानमा तत्कालिन माओबादीका कमाण्डर समेत रहेको के.सीले आफुले जहिले पनि श्रमजीवि गरिखाने बर्गमा पक्षमा वकालत गर्दै आएको बताए। प्रभात संगै उनकी श्रीमति राधा अधिकारी पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानको जिल्ला सचिवालय सदस्य समेत छिन्। उनी पनि जनयुद्धमा भुमिगत जीवन बिताएकी थिईन्। जुम्रीबजार चोकमा रहेको केसीको घरमा ४ वटा सटरमा फेन्सी पसल , मोवाइल पसल ,जुत्ता पसल र सुनचाँदी पसल संचालनमा रहेका छन्।
केसीले भाडा नलिने भएपछि उनको घरभाडामा मोवाइल पसल संचालन गर्दै आएका माण्डवी गाउँपालिका वडा नम्बर १ निवासी मोहन बुवाले खुसी ब्यक्त गरे। उनले भने –“ ब्यवसाय ठप्प भएको बेला उहाँले भाडा नलिने भन्नुभयो असाध्यै खुसी लाग्यो।” नयाँबजार जुम्री निवासी के.सीले ४ वटा सटरहरुको मासिक ३० हजारका दरले भाडा बुझ्दै आएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...