News Portal

रेडियो सुन्नुहोस्

केवलवाट टेलिभिजन हेर्नुहुन्छ? असारपछि एनालग केवल वन्द हुदैछ

सिखबर संवाददाता१ वैशाख, काठमाडौं
८६१ पटक
१ वैशाख, काठमाडौं

काठमाडौंमा पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गरेको सरकारले आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गर्ने तयारी गरिएको छ ।

टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको हो ।

सर्वोच्च अदालतले पनि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन नगर्न भन्दै परेको रिट खारेज गरेर बाटो खोलिदिएपछि सूचना तथा सञ्चार मन्त्रालयले यस्तो योजना बनाएको हो ।

आगामी बैशाख १५ सम्म सबै टेलिभिजन सेवा प्रदायकले डिजिटाइजेशनमा जान अनुमति लिइसक्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रवक्ता रामचन्द्र ढकालले बताए ।

‘वैशाख १५ गतेसम्म अनुमति लिएकालाई डिजिटल सेवा सुरु गर्न असारसम्मको समय दिन्छौं,’ उनले भने,‘अब डिडिटाइजेशन प्रक्रिया सक्न लामो समय लाग्दैन ।’

सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न समयसीमा दिएको थियो । यस्तै अघिल्लो वर्षको वैशाख १५पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा एनागल केबल टेलिभिजन बन्द गर्ने निर्णय भएको थियो ।

काठमाडौंमा यसको कडाइका साथ कार्यान्वयन गरिए पनि अन्य नगर र महानगरपालिकामा सरकारले एनालग बन्द गर्न बाध्य पारेको छैन । तर, अब असारसम्म पनि एनालग टेलिभिजन सेवा दिनेहरुको लाइन अफ गर्ने योजना सरकारको छ ।

‘अब एनालगमै राखेर केबलहरुको नवीकरण हुँदैन । केही दुर्गम भेगका क्षेत्रका लागि विशेष व्यवस्था गरेर अन्य सबै क्षेत्रमा एनालग स्वीच अफ नै गर्ने हो,’ ढकालले भने ।

उनकाअनुसार असारसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण गर्नैपर्नेछ । अहिले टेलिभिजनको डिजिटाइजेसनको काम धमाधम भइरहेको ढकाल बताउँछन् ।

एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट(टप बक्स लगाउनुपर्छ । तर, प्रत्येक सेट–टप बक्सको सेवा शुल्क फरक–फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट–टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।

यसका लागि केबल टीभी अपरेटरले भने आफ्नो हेड–इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ ।

यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट–टप बक्स जोड्नुपर्छ । अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुटटै शुल्क तिनुपर्छ ।

महंगो परेपनि ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवा भने पाउने भनाइ सरकारको छ । टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले यो सेवा दिइरहेका छन् ।

यस्तै इन्टरनेट प्रोटोकल टेलिभिजन ९आईपीटिभी० का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिने छ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो । ओरियन्ट डिजिटल, एनआईटीभी स्ट्रिम, सुबिसु केबल नेट र ब्रोडलिंक टीभीले यस्तो सेवा दिँदैछन् ।

डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टीभी हेर्ने डिजिटल रुपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात हुन भने बाँकी छ ।

-onlinekhabar.com वाट

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...