News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीका गाउँ पस्दै पक्की सडक ,फेरिँदै स्थानीयको जीवनशैली

झुलेनी नेटवर्क२०८२ जेठ २८
१२९२ पटक
२०८२ जेठ २८

नौबहिनी गाउँपालिकाका ग्रामिण सडकहरु कालोपत्रे हुन थालेका छन् । मुख्यत पालिका केन्द्र नौबहिनी गाउँपालिका –६ बाहानेदेखि वडा केन्द्र पुग्ने सडक कालोपत्रे गर्ने काम अघि बढेको छ । गाउँपुग्ने सडक कालोपत्रे भएपछि यहाँका स्थानीयको जीवनशैली फेरिँदै छ । नौबहिनीको मुख्य व्यापारीक केन्द्र बाहानेबाट उपभोग्य सामान बोकेर गाउँतर्फ लर्को लाग्नेहरु हिजोआज बाहानेमा भेटिदैनन् । दुई दशक अघिसम्म यहाँका स्थानीयले बहानेदेखि नुन, तेल, चामल बोकेर दैनिकी चलाउँथे । हिजोआज गाडीमा हुईकिन्छन्।
पछिल्लो आ.व. २०७९–०८० देखि यहाँका सडक पक्की गर्ने कार्य थालिएको छ । बाहाने बजारमा आरसीसी ढलान गरिएको छ । बाहानेदेखि नौबहिनी –५ डाम्रृ, नौबहिनी –२ लिघा पुग्ने सडक क्रमश कालोपत्रे गर्ने कार्य अघि बढाइएको छ। वडा नम्बर –६ लुङ ठूलोगाउँ, ७ स्थित बल्ले–मैरामारे सडक कालोपत्रे गर्ने कार्य अघि बढेको छ । खबाङ हुँँदै स्याउलीबाङ पुग्ने सडकले गति लिँदै छ । २०६४–०६५ सालदेखि क्रमिकरुपमा जिविस, गाविस र चन्दा समेत गरी यहाँबाट ग्रामीण सडक विस्तार हुन थालेका हुन् । गरिबी निवारण कोष मार्फत पनि सडक खन्ने कार्य भएको थियो । पालिकाभित्र ट्रयाकओपन गर्ने काम लगभग सकिएका छन् । सडक स्तरोन्नति गर्ने कार्य तिव्र गतिमा अगाडि बढेका छन् । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचन पछि गाउँ÷गाउँमा सडक ट्रयाकओपनको कार्य अघि बढेको थियो। २०७९ को दोस्रो निर्वाचनपछि आएका जनप्रतिनिधिहरुले बाहानेदेखि वडा केन्द्रसम्मको सडक कालोपत्रे गर्ने योजना अघि सारे। यसपछि गाउँ पुग्ने सडक कालोपत्रे गर्ने योजना अघि बढेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

 

 

२०७९–०८० मा पक्की सडकको अवधारणासहित बहाने बजारको सडकले मुहार फेर्यो । यहाँ १ करोड लागतमा ५ सय ७२ मिटर पक्की नाला सहितको सडक ढलान भएको छ । २०८०–०८१ मा बहाने–लिघा सडक ६० लाखको लगानीमा ३ सय ७५ मिटर बन्यो । बहाने –लुङ्ग ५० लाखको लागतमा ३ सय ७० मिटर पक्की नाला सहितको कालोपत्रे भएको छ । संघीय समपुरक अन्तर्गत बहाने– डाम्री–सिर्प २ करोड ७६ लाख ९२ हजार ५ सय ३६ रुपैयाँमा ठेक्का मार्फत २ किलोमिटर कालोपत्रे गरेर अन्य काम हुँदै छ ।
प्रदेश समपुरक अन्तर्गत बहाने –लुङ्ग तुषारा सडक ४८ लाख ४५ हजार ४ सय ६२ रुपैयाँ खर्च गर्नेगरी ४ सय ९५ मिटर सडक पक्की नाला सहित कालोपत्रेको काम भैरहेको छ । बल्ले –मैरामारे –रोल्पा सडकमा ५१ लाख ३१ हजार ५ सय ९७ रुपैयाँमा ५० मिटर आरसिसी ढलान सहित ३ सय मिटर पक्की नाला सहितको कालोपत्रे सप्पन्न भैसकेको गाउँपालिकाले जनाएको छ । सडक विस्तारले अहिले गाउँघरका कुना–कुनामा उत्पादन भएका आलु, मकै लगायत कृषिउपजहरु सहरका बजारमा पुग्न थालेका छन् । उत्पादनलाई प्रत्यक्ष सडक सञ्जालसँग जोड्न र बजारीकरण गर्न पालिकाले थप योजना तथा कार्यक्रमहरु ल्याउने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताए । सडक विस्तार तथा पक्की सडकको अवधारणा पूरा गर्न निर्माण व्यवसायीहरुको सहयोग मिलेको उनले बताए । ठेक्का मार्फत निर्माण थालिएका सडकहरु समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...