News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

बोम बहादुर परियार२०८२ जेठ ३
६८६ पटक
२०८२ जेठ ३

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सरोकारवालाको बैठकमा सिविर संचालन हुने जानकारी गराएको छ ।

जेठ १५ गते देखी २१ गते सम्म सञ्चालन हुने सिविरमा शल्यक्रिया गर्नका लागि अहिलेसम्म जिल्लाभरबाट १ सय ४९ जना आङ खस्ने समस्या भएका महिलाको पहिचान गरिएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन निरिक्षक कौसल राज वैद्यले जानकारी गराए । स्थानीय स्वाथ्यकर्मीबाट पहिचान भएका उनिहरुको जेठ १३ गते स्कृनिङ गरिने र १५ गतेदेखि शल्यक्रिया सिविर सन्चालन गरिने कार्यालयले जनाएको छ ।

कोहलपुर मेडिकल कलेको प्राविधिक सहयोगमा स्वास्थ्य निर्देशनालय लुम्वीनी प्रदेशले शिविरको आयोजनामा गरेको हो । आङ खस्ने समस्याको लक्षण भएका महिलाहरुले नजिकैको स्वास्थ्य सस्थामा पुगेर परामर्श लिई सेवा लिन सक्ने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

शिविरमा जिल्लाका ९ वटै स्थानिय तहहरुले आफ्नो स्थानीय तहका विरामीहरुलाइ अस्पतालसम्म लग्ने र ल्याउने निशुल्क व्यावस्था मिलाउने प्रतिबद्दता जनाएका छन् ।

नेपालमा ६ लाख भन्दा बढी महिलालाई आङ खस्ने समस्या देखीएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डाक्टर अच्यूत शर्माले बताए । उनले बच्चा जन्मेपछि प्राय महिलाहरुमा आङ खस्ने समस्या देखीएको बताए । गत बर्ष प्यूठानका ३९ जना महिलाको रोल्पा लगेर शल्यक्रिया गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...