News Portal

रेडियो सुन्नुहोस्

सफा वातावरण: स्वस्थ जीवन

सीता न्यौपाने
९८५८ पटक

जल, थल, आकाश ,वायु ,अग्नि लगायत प्राकृतिक र कृतिम अवयबहरुको समष्टि बाताबरण हो । यो भौतिक र जैविक गरि २ प्रकार को हुन्छ । यहि वातावरणमा मानिस र जीव जन्तुको जीवन प्रक्रिया सञ्चालन हुन्छ। वातावरण र जीवन बिच नङ र मासुको जस्तो घनिष्ठ सम्बन्ध हुने भएकाले वातावरण बिना जीबन कल्पना गर्न सकिदैन ।

पोलुसनको सोलुसन मानिससंगै छ तर हामी यति मुर्ख छौं ,गाउँ पाखा उजाड बनाई बगैचामा छ्हारी खोज्न पछि पर्दैनौ।

तसर्थ यी २ एक अर्काका परिपुरक हुन।वातावरण जति स्वच्छ र सफा हुन्छ त्यतिनै यहाँ रहने जीवन पद्धति स्वच्छ र सन्तुलित हुन्छ । तर विडम्बना हामी विकासका नाममा प्रकृति माथि नै विजय प्राप्त गर्न खोज्छोँ।सुन्दर वातावरण तहस नहस पारिरहेका छौँ। ती भावी पुस्तालाई नजन्मिदै मारिरहेका छौँ। न त खाने खाना स्वस्थ छ न त फेर्ने सास नै ,सभ्यताको मुहान भनिने शहरमा नाक थुनेर हिड्नु परेको छ।फोक्सो ,मुटु क्यान्सर जस्ता घातक रोगका कारण दैनिक जसो हजारौंले ज्यान गुमाउनु परेको छ।विचरा ती पशुपंक्षि र किरा फट्याङराको के दोष…….।

विवेकशील मानिसका अविवेकी क्रियाकलापलका सिकार भएका छन्।वातावरण प्रदुषणका कारण जलवायू परिवर्तन भएको छ । बाढी पहिरो भुक्षय असिना तुसारो लगायत विभिन्न विपतको सामना गर्नु परेको छ ।वातावरण बिनाशमा विकाशसिल देशको जति ठूलो भुमिका हुन्छ विकासोन्मुख देशको कम भए पनि त्यस्को असर सबैले उत्तिकै भोग्नुपरेको छ ।

अव्यवस्थित शहरीकरण, आणविक भट्टिको प्रयोग, फोहोर व्यवस्थापन नहुनू, अवैज्ञानिक विकास निर्माण प्रक्रिया, वन विनास आदि वातावरण दुषितका प्रमुख कारण हुन् ।जसका कारण पू्र्खाले जोगाई राखेको त्यो स्व्च्छ सफा र सुन्दर वातावरण आज उकुसमुकुस लाग्न थालेको छ । पोलुसनको सोलुसन मानिससंगै छ तर हामी यति मुर्ख छौं ,गाउँ पाखा उजाड बनाई बगैचामा छ्हारी खोज्न पछि पर्दैनौ। घरको फोहोर बाटोमा फाल्छौँ चर्पिको फोहोर पानीमा मिसाउछौँ , हामी नाक थुन्दै हिड्छौँ अनि एक पोका फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई टुलुटुलु हेरिरहन्छौँ। फ्रिजको पानी र एसीको हावाले क्षणिक आनन्द त मिल्ला तर प्रकृतिले दिएको छल्छली बग्ने झरनाको चिसो पानी र सुसाउदो हावाको जस्तो स्वर्गानुभुती कदापी मिल्दैन ।

हामीले नगरे कल्ले गर्ने अहिले नगरे कहिले गर्ने ,स्वच्छ वातावरण नै हाम्रो धन हो भन्ने यथार्थलाई आत्मसात गर्दै वातावरण संरक्षणमा आजैदेखि जुटौँ।

वातावरण कुनै नौलो एजेन्डा होईन र हाम्रो आन्तरिक समस्या पनि ।यसका समाधानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरु भएका छन ।जैविक विविधता सम्बन्धि महासन्धि सन् १९९२ मा ब्राजिलमा भएको रियो घोषणामा पनि नेपालले सहमति जनाइसकेको छ । नेपालको संविधान २०७२ को धारा ३० ले स्व्च्छ वातावरणको हक प्रदान गरेको छ ।त्यस्तै यस सम्बन्धि ऐन नीति नियम कानुन थुप्रै छन् तर अवस्था भयावह बन्दै गइरहेको छ । “लागु गरौं कानुनका दफा दफा रुख रोपौँ बनाउँ वातावरण हरियाली र सफा“ अर्थात् हामीले नगरे कल्ले गर्ने अहिले नगरे कहिले गर्ने ,स्वच्छ वातावरण नै हाम्रो धन हो भन्ने यथार्थलाई आत्मसात गर्दै वातावरण संरक्षणमा आजैदेखि जुटौँ। एक गाउँ एक पोखरी ,एक गाउँ एक उत्पादन , फोहोरलाई मोहोरमा बदली उचित ब्यवस्थापन गरौँ। उद्योगधन्दामा प्रदुषण कम गर्ने प्रविधिको प्रयोग गरौँ जैविक मल प्रयोग गरौँ ।घर सडकका छेउ र खाली जमिनमा रुख रोपि हरियाली बनाऊ। १ रुख रोपे २५ रुख रोप्ने नीति पालना गरौँ । विकास निर्माणका कार्य गर्दा वातावरण उचित मुल्यांकन गरौँ । नविकरणिय उर्जाको प्रयोग गरौँ।

कार्बन उत्सर्जन घटाउँदै जाउँ अनि बल्ल रहन्छ हामी बस्ने बास ,सफा रहन्छ वातावरण, स्वस्थ रहन्छ जीवन। तसर्थ स्व्च्छ वातावरणमा जिउने हाम्रो हक हो भने वातावरण सफा राख्ने हामी सबैको कर्तव्य हो । हामी सबै मिली सभ्य नागरिकको परिचय दिउँ । सफा रहौ, स्वस्थ बनौ ।अनि मात्र हाम्रो समृद्धिको बलियो आधार तयार हुनेछ।

-लिस्ने जनसञ्चार साप्ताहिक मा प्रकाशित।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...